अलैँचीको मूल्य दोब्बरले बढ्यो ।

117 Hits

 

लमजुङ, पुस ३०

ओरालो लागेको अलैँचीको मूल्य दोब्बरले बढेको छ । उत्पादित अलैँचीको मूल्यमा भारी गिरावाट आउँदा निराश बनेका लमजुङका किसान मूल्य बढेपछि उत्साहित भएका छन् ।

गतवर्षमात्रै लमजुङका किसानहरुले गुणस्तरीय (जम्बो जेठ) अलैँची प्रतिकेजी १३ सय देखी १४ सय रुपैयाँसम्म बेचेका थिए । मध्यम खालको अलैँची प्रतिकेजी १२ सय रुपैयाँसम्म बेचेका थिए । चलनचल्तीको अलैँची प्रतिकेजी १ हजार रुपैयाँसम्म बेचेका थिए ।

तर यसवर्ष किसानले गुणस्तरीय अलैँची प्रतिकेजी ६ सय ५० देखी ७ सय, मध्यम खालको अलैँची ६ सय ३० देखी ६ सय ६० र चलनचल्तीको अलैँची ६ सय रुपैयाँमा बेच्न बाध्य भए । उत्पादित अलैँची बेचिसकेपछि भने अलैँचीको मूल्य बढेको छ । केही किसानले मात्रै अहिले फाट्टफुट्ट रुपमा अलैँची बेचेका छन् ।

मूल्य बढेसंगै किसानले अहिले गुणस्तरीय अलैँची प्रतिकेजी ११ सय, मध्यम खालको अलैँची १ हजार ५०, चलनचल्तीको अलैँची १ हजार रुपैयाँमा बेचेका छन् । ‘लमजुङमा धेरै परिमाणमा अलैँची बिक्री भईसकेको छ, अहिले मूल्य बढ्यो, अहिले फाट्टफुट्ट रुपमा किसानहरुले अलैँची बेचेका छन्,’ नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाका अध्यक्ष अजय तामाङले भन्नुभयो, ‘केही समयअघि अलैँचीको मूल्यमा भारी गिरावाट आउँदा किसान निराश थिए, अहिले अलैँचीको मूल्य बढेको छ, त्यसले किसानमा उत्साह जगाएको छ ।’

हाल भारतमा अलैँची सकिएको कारण अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित अलैचीको माग भएकाले नेपालमा उत्पादित अलैँचीको मूल्य बढेको अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ । गतवर्ष जिल्लामा ८ सय २१ क्विन्टल अलैँची उत्पादन भएको हो । यसवर्ष ६ सय क्विन्टल मात्रै अलैँची उत्पादन भएको हो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी