अन्तत: डा. केसीले अनसन तोडदै, यस्तो छ कारण

145 Hits

काठमाडौं, २९ पुस ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिशको राजीनामाको माग सहित चौधौं पटकको अनसनमा बसेका वरिष्ठ चिकित्क डा. गोविन्द केसीले अन्ततः प्रधानन्याधिशको राजीनामा नआउँदै अनसन तोड्ने भएका छन् ।

सरकार र अनशनरत डा. गोविन्द केसीबीच शुक्रबार मध्यराति पाँचबुँदे सहमति भएपछि अनसन तोड्न लागीएको उनी निकट श्रोतले बताएको छ । स्वास्थ्यमन्त्री दीपक बोहरा र केसीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै चौधौँपटक अनशन बसिरहेका केसी र स्वास्थ्यमन्त्री बोहराबीच चार घन्टा लामो छलफलपछि दुवै पक्ष सहमतिमा पुगेका हुन् । राति ११ बजे सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार शनिबार केसीले अनशन तोड्नेछन् ।

केसी चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम०को डिनमा डा। जगदीशप्रसाद अग्रवालको पुनर्वहाली र सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामालगायतका माग राखी विगत पाँच दिनदेखि अनशनमा थिए । सहमतिसँगै केसीले शनिबार १० बजे अनशन तोड्ने स्वास्थ्यमन्त्री बोहराले बताए ।

यस्ता भए सहमतिहरु
१. चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन सरकारले सात दिनभित्र सिफारिस समिति गठन गर्ने ।
२. त्रिवि शिक्षण अस्पतालको डिनमा प्रा.डा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिइने । त्यसका लागि त्रिभुवन विश्वविद्यालयका कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने ।

३. त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यस अघि सरकारसँग भएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीध्र कदम चाल्ने
४. आइओएमको अधिकार फिर्ता सम्बन्धी त्रिवि नियमावली संशोधन गर्नका लागि तत्काल सिनेटको बैठक बोलाउने
५. शिक्षण अस्पतालको भौतिक पूवार्धार सुधार र अभिबृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिईने सेवा र सुविधामा बिस्तारका लागी आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने ।

Loading...

Related News

डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

काठमाडौं, ३ साउन । अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल…

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी