१९५० को सन्धी परिमार्जन की खारेज ? इपिजि बैठकले गर्यो यस्तो निर्णय

151 Hits

काठमाडौं, २९ पुस ।
नेपालको भाग्य र भविष्यमा प्रतिकूल बनेको भन्दै निरन्तर खारेजीको लागि आनदोलन भइरहेको बेला नेपाल र भारत प्रबुद्ध समूह (इपिजी) को छैटौँ बैठकले १९५०को सन्धीका चार धारा परिमार्जन गर्ने निस्कर्ष निकालेको छ । नयाँ दिल्लीस्थित इपिजी सचिवालयमा विहीवार र शुक्रवार बसेको वैठकले दुई महिनापछि सातौँ वैठकबाट संशोधित सन्धीको मस्यौदा तयार गर्ने निर्णयसमेत गरेको छ। वैठकले साझा प्रतिवेदन लेखन शुरु गर्ने निर्णय गरेको छ भने नेपाल पक्षले मस्यौदा लेख्ने जिम्मा पाएको छ ।

आजको नयाँ पत्रिकामा खबर छ अब १९५०को नेपाल भारत सन्धी यथावत नरहने कुरामा सहमति भएको छ,’ इपिजीका नेपालतर्फका सदस्य डा राजन भट्टराईले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपाल र भारतबीचको खुला सीमाना पनि यही अवस्थामा राख्नु हुँदैन भन्नेमा पनि हामी सहमत भएका छौँ । यसको मोडालिटीका बारेमा हामी चाँडै टुंग्याउँछौँ।’ अर्को वैठक फागुन १२ र १३ गते काठमाडौंमा बस्ने पनि तय भएको भट्टराईले जानकारी दिए ।

सन्धीको धारा २, ५, ६ र ७ संशोधन गर्ने तय भएको छ। तर भारतीयपक्षले अर्को वैठकमा थप राय दिएपछि यो बिषय टुंग्याउने सहमति भएको इपिजी सचिवालयका निर्देशक यादब खनालले जानकारी दि ए।

बैठकमा नेपालतर्पmका संयोजक डा।भेषबहादुर थापा र सदस्यहरू नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा।राजन भट्टराई र सचिवालयका सचिव यादब सहभागी थिए । भारतका तर्फबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू जयन्त प्रसाद, महेन्द्र पी। लामा र बिसी उप्रेती बैठकमा सहभागी थिए ।

सदस्य भट्टराईका अनुसार वैठकमा सामाजिक आर्थिक सम्बन्ध, व्यापार तथा पारबहन, सीमा व्यवस्थापन, दशगजाको व्यवस्थापन, विवादित भूमिका बिषयमा पनि छलफल भएको थियो ।

Loading...

Related News

नेकपा अध्यक्ष प्रचण्ड भारत प्रस्थान, विमानस्थलमा भव्य विदाई

काठमाडौं, २१ भदौ । नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अाज तीनदिने अाैपचारिक भ्रमणको क्रममा मित्रराष्ट्र भारत प्रस्थान गरेका…

नेपाल–भारत सीमाका ५ सय स्तम्भ हराए, कसरी हुन्छन् गायब ?

काठमाडौं, २५ साउन । नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी