बाबुमाथि हत्या आरोप, छोराको प्रस्तावमा शहीद घोषणा, यी हुन शहीदहरु

125 Hits

काठमाडौं, २९ पुस ।
सरकारले ०३७ मा धनकुटाको छिन्ताङमा हत्या गरिएका १६ जनालाई सहिद घोषणा गरेको छ । प्रजातन्त्र हुँदै गणतन्त्र स्थापनामा उनीहरूको भूमिकाको सम्मान गर्दै हत्याकाण्डको ३७ वर्षपछि शुक्रबार सहिद घोषणा गरिएको हो ।

पञ्चायतकालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारले कम्युनिस्टविरुद्धको अप्रेसन सञ्चालन गर्दा तत्कालीन मालेका कार्यकर्ता भएको आरोपमा छिन्ताङमा १६ जनाको सामूहिक हत्या गरेको थियो । उक्त हत्याकाण्ड तत्कालीन प्रधानमन्त्री थापाको प्रत्यक्ष निर्देशनमा भएको आरोप लाग्दै आएको छ । लामो समयदेखि हत्याकाण्डमा मारिएकालाई सहिद घोषणा गर्न माग भए पनि सरकारले सम्बोधन गरेको थिएन आजको नयाँ पत्रिकामा खबर छ ।

बाबुमाथि हत्या आरोप, छोरा सहिद घोषणाको प्रस्तावक

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषद्ले उनीहरूलाई सहिद घोषणा गरेको हो । उद्योगमन्त्रीसमेत रहेका थापाले मन्त्रिपरिषद्मा सहिद घोषणा गर्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा छिन्ताङ घटनामा शाहदत प्राप्त गर्ने व्यक्तिको प्रजातन्त्र ल्याउने अभिलाषा पूरा भई गणतन्त्रसमेत स्थापना भइसकेको पृष्ठभूमिमा उनीहरूको अमूल्य भूमिकाको कदर गर्दै सहिद घोषणा गर्न माग गरिएको थियो ।

 यी हुन सहिद घोषणा गरिएकाहरू

– गोपालआनन्द राई

– गंगाबहादुर तुर्हाङ राई

– भैरवबहादुर खालिङ

– बलबहादुर खत्री

– पुत्रमान राई

– टंकबहादुर विश्वकर्मा
– रणध्वज पुमा राई

– गणेशबहादुर विश्वकर्मा

– हाङ्खिमा साइँली राई

– झगेन्द्र राई

– धनवीर दर्जी

– चन्द्रबहादुर दमाईं

– रामकुमारी राई

– गम्भीरमान दर्जी

– केशरमान राई

– लाखमान साधु राई

यस्तै सरकारले १० वर्षे जनयुद्धका क्रममा मारिएका राप्रपा र राप्रपा प्रजातान्त्रिकका पाँच कार्यकर्तालाई समेत सहिद घोषणा गरेको छ । युद्धकालमा उनीहरू धनकुटामा फरक–फरक घटनामा माओवादीबाट मारिएका थिए ।

Loading...

Related News

जेलमा यातना दिएर मारिएका पितालाइ सम्झँदै छोराले लेखे यस्तो पत्र…

समतामूलक समाजको स्थापनार्थ नेपालमा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको शसस्त्र जनयुद्धका क्रममा १७ हजार वढिले ज्यान…

जेलमा यातना दिएर मारिएका बाबाको सम्झनामा छोराले लेखे यस्तो…

समतामूलक समाजको स्थापनार्थ नेपालमा २०५२ फागुन १ देखि २०६३ मंसिर ५ सम्म चलेको शसस्त्र जनयुद्धका क्रममा १७ हजार  वढिले ज्यान…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी