स्वास्थ्य क्षेत्रमा माफियाहरुको हावी – देवप्रसाद गुरुङ

155 Hits

लमजुङ, २८ पुस /

लमजुङबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङले स्वास्थ्य क्षेत्रमा माफियाहरु हावी भएको बताउनुभएको छ । राईनास नगरपालिका वडा नं ३ अल्काटारमा स्थानीय अल्काटार युवा क्लवको आयोजनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन एवम् भवनको शिलान्यास गर्दै गुरुङले यस्तो बताउनुभएको हो ।

नया संविधानले नै स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने अधिकार सुनिश्चित गरेकाले अवको केही महिनामै उक्त कार्यको थालनी हुने समेत उहाँले वताउनु भयो । उपलव्ध श्रोत साधनको भरपुर उपयोग गरी कुनाकाप्चासम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्याउनुपर्छ भन्ने मान्यताका साथ आफुहरु अघि बढेको पनि उहाँले बताउनुभयो ।

‘दूरदराजमा रहेका नागरिकसम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्याउनु आवश्यक छ,’ उहाँले भन्नुभयो ।

आर्थिक रुपमा पछाडि परेका नागरिक सामान्य रोगको उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको तीतो यथार्थ बताउँदै उहाँले अव यो अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । ‘स्वास्थ्य क्षेत्रमा राज्यले ध्यान नदिने हो भने नेपाली जनताको स्वास्थ्य स्थितिमा झनै ह्रास आउने खतरा छ,’ उहाँले थप्नुभयो ।

जिल्लाको समग्र पक्षको विकासका लागि आफ्नो ठाउँबाट सक्दो प्रयास गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

शिविरमा मेडिकल कलेजवाट विशेषज्ञहरुवाट सेवा प्रदान गरिने भएको छ । जस अन्नतरगत जनरल सर्जरी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग, दन्त रोग, हाड जोर्नी, छाला रोग, नाक, कान, घाँटी रोग र नशा तथा मानसिंक रोग विशेषज्ञ सेवा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

शिविरमा भिडियो एक्सरे तथा इसीजि सेवा पनि उपलव्ध गराईने भएको क्वलका उपाध्यक्ष सोवित पन्तले जानकारी दिए । विगतमा पनि युवा क्वलले चितवन मेडिकल कलेजको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरि राइनास तथा वरपरका १२ सय भन्दा बढि विरामीहरुको स्वास्थय परिक्षण तथा निशुल्क औषधी वितरण सम्पन्न गरेको थियो ।

स्थानिय स्तरमै सक्रिय क्लवले विगतमा पनि विभिन्न सामाजिक कार्य गर्दै आएको र समाजमा र सामाजिक क्षेत्रमा केही उल्लेख्नीय कार्य गर्नुपर्छ भन्ने उद्देश्यका साथ निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको क्वलका अध्यक्ष सन्तोष पाण्डेले बताउनुभयो । स्थास्थ्य क्षेत्रको पहुँचबाट अलि टाढा रहेको राइनास क्षेत्रका स्थायिनहरुको समस्यालाई मध्यनजर गर्दे शिविरको आयोजना र सञ्चालन भएको समेत उहाँले बताउनुभयो ।

Loading...

Related News

सांसद देब गुरुङको विकास कोषको रकम पुर्वाधार विकासमा मात्रै

लमजुङ्ग, २७ कात्तिक । नेकपाका मुख्य सचेतक तथा लमजुङ प्रतिनिधि सभा सदस्य देब प्रसाद गुरुङले आफ्नो विकास कोषमार्फत प्राप्त हुने…

अमेरिकी सेनाको अगुवाइमा काठमाडौँमा सम्मेलन, चीनलाई बिच्काउने !

काठमाडौँ- काठमाडौँमा तीन दिनसम्म चलेको विभिन्न २४ देशका सेनाका उच्च अधिकृतहरुको सम्मेलनबारेमा संसदमा प्रश्न उठेको छ। अमेरिकी सेनाको अगुवाइमा भएको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी