यसकारण छाडियो सरकार : प्रचण्ड

301 Hits

काठमाडौं, २८ पुस ।
नेकपा माओवादी केन्द्रले आजबाट विधिवत रुपमा सरकार परित्याग गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज एक पत्र पठाई सरकारमा वसिरहनुको औचित्य नभएकोले सरकारमा नरहने जानकारी गराएका हुन् ।
नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागिय बनाएपछि माओवादी र कांग्रेसबीचको सम्वन्ध केही चिस्सिएको थियो । प्रचण्डले लेखेको पत्रमा देउवाले निर्वाचन सम्पन्न गर्न खेलेको भुमिकाको प्रशंसा गर्दै छिटो भन्दा छिटो सरकार गठनको लािग मार्ग प्रसस्त गर्न आग्रह गरिएको छ ।
माओवादीबाट ८ जना मन्त्रीहरु सहित राज्यमन्त्रीहरु रहेका थिए ।
हेर्नुहोस प्रचण्डको पत्र

Loading...

Related News

नेकपाको एकता देशको समृद्धिसँग जोडिएको छ –प्रचण्ड

पोखरा, ५ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पार्टी एकता प्रक्रिया मुलुकलाई सफलतामा अघि बढाउने कुरासंग…

अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भेटवार्ता

नयाँ दिल्ली, २२ भदौ । तीनदिने औपचारीक भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड र भारत…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का