जाडो पीडितलाई वाइसिएलले न्यानो बाँड्ने

91 Hits

काठमाडौं, २८ पुस ।
तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए ।
वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको हो । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको अध्यक्ष दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’
राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ ।
यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

Loading...

Related News

सबै शिक्षण अस्पताल राष्ट्रियकरण गर्न युवा र विद्यार्थीहरुको माग

काठमाडौं, ६ साउन । सत्तारुढ नेकपाका युवा तथा विद्यार्थी संगठनहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा संयुक्त…

वाइसीएलले भन्याे – एकतामा पार्टी अध्यक्ष एक जना नै हुनु पर्दछ ।

पोखरा-१७ बैसाख, वाइसीएलले पार्टी एकतामा एक जना मात्रै अध्यक्ष हुनुपर्ने बताएकाे छ । वाईसिएल नेपाल,प्रदेश चारको पुर्ण बैठक चन्द्र थापा’अर्पण’को…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी