माओवादी मन्त्रीहरूले आज सरकार छाड्दै

93 Hits

काठमाडौं, २८ पुस ।
माओवादी केन्द्रका मन्त्रीहरूले आठ महिनापछि आजपदबाट सामूहिक राजीनामा दिँदैछन् । विनाविभागिय बनेर पनि राजीनामा नदिएको आरोप खेपिरहेका माओवादी मन्त्रीहरुले बिहीबारै राजीनामा दिने भनिए पनि सार्वजनिक बिदा परेकाले शुक्रबारका लागि सरेको विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए ।

माओवदाीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महरा, रहेका थिए भने उनको नेतृत्वमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टेकबहादुर बस्नेत, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह मन्त्रीका रुपमा रहेका थिए । त्यसैगरी मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा राज्यमन्त्रीका रपमा सहभागि थिए ।
माओवादीका सबै मन्त्री र राज्यमन्त्रीले हस्ताक्षरसहित आफ्नो राजीनामापत्र पार्टी कार्यालयमा बुझाएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक राजीनामापत्र दिने तयारी गरेका तर ‘बिहीबार सार्वजनिक बिदा परेकाले राजीनामापत्र पार्टी कार्यालयमा बुझाएको माओवादी नेता तथा पुर्व सस्थ्य मन्त्री गिरीराजमणी पोखरेलले बताए । उनका अनुसार पार्टीले शुक्रबार प्रधानमन्त्रीलाई राजीनामापत्र बुझाउँछ ।

नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन लागेको पोखरेलले बताए । ‘ताजा जनादेश आएलगत्तै नैतिकताका आधारमा छिटै प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ होला, किन हतारमा हामीले मात्र राजीनामा दिनुप¥यो भन्ने थियो,’ उनले भने, ‘तर, प्रधानमन्त्रीले राजीनामा दिन ढिलाइ गर्ने देखिएपछि हामीले राजीनामा दिएका हौँ ।’ आफूहरूले राजीनामा दिएमा प्रधानमन्त्रीलाई दबाब बढ्न सक्ने पोखरेलले बताए ।

निर्वाचन सुनिश्चितताका लागि सरकारमा
विनाविभागीयमन्त्री जनार्दन शर्माले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुनिश्चितताका लागि आफूहरू सरकारमा बसेको बताए । ‘हामीले पहिले नै राजीनामा दिइसकेका थियौँ, वाम गठबन्धनले निर्वाचन सुनिश्चितताका लागि भए पनि राजीनामा दिनुहुँदैन भनेपछि रोकिएका थियौँ,’ शर्माले भने । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइसकेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउँदै राप्रपा अध्यक्ष कमल थापासहित आठजना मन्त्रीलाई नयाँ जिम्मेवारी दिएका थए । माओवादीका नौ मन्त्री र सात राज्यमन्त्रीलाई विनाविभागीय बनाए, तर प्रधानमन्त्री देउवाले जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीलाई जिम्मेवारीबाट हटाएका थिएनन् ।

Loading...

Related News

यस्ताे बन्दैछ नेकपाकाे तल्लाे कमिटि, जनसंगठनका लागि छुट्टै कार्यदल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केन्द्रीय कमिटीभन्दा तलका कमिटीहरूमा दुईजना मात्र पदाधिकारी रहने भएका छन् । जनसंगठनमा भने धेरै संख्यामा पदाधिकारी…

माअाेवादी एमाले एकता अाज (कार्यसुची), अाज नै दुबै नाम हट्ने, ५ बजे पत्रकार सम्मेलन

काठमाडाै‌,  ३ जेठ । निकै लामाे प्रतिक्षा र अाश‌का चिर्दै अन्तत नेपालका ठूला दुइ कम्युनिष्ट पार्टीहरु एक हुने भएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी