जनप्रगतिशील मञ्चले गर्यो ३३ जनाको उद्धार, ७ लाख बढि रकम सहयोग

141 Hits

शुसान आचार्य, युएई

युएईमा झन्डै ८८ वटा भन्दा धेरै नेपाली सघसस्थाहरु रहेपनि माओवादी केन्द्रको बिदेश बिभाग सङठन नेपाली जनप्रगतिसिल मन्च, युएई सबैका लागि लोभलाग्दो भरपर्दो संगठनको रूपमा देखिएको छ ।

वैदेशिक रोजगारीको शिलसिलामा युएई आएका माओवादी केन्द्रप्रती आस्था राख्ने समर्थक तथा कार्यकर्ताहरु मिलेर स्थापना भएको मंचले आपतकालीन अबस्थामा रहेका श्रमिकको उद्दारदेखि प्राकृतिक प्रकोपहरुमा आर्थिक र अन्य सहयोग गर्ने कुरामा सबैभन्दा अगाडि रहेको एक तथ्यांकले समेत देखाएको हो ।

सार्बजनिक रूपमा गरिने कार्यहरुको समेत खासै प्रचार नगर्ने भएपनि सङठनले आन्तरिकरूपमा मात्रै एक बर्षभित्र ३३ जना पीडित नेपाली श्रमिकको उद्दार गरेको छ ।

यसैगरि पीड़ितहरूको स्थलगत निरीक्षण गरि खान समेत समस्या रहेका श्रमिक लाई खानको ब्यबस्था ,काम बिहिन भयका हरुको लागि आर्थिक सहयोग र कामको ब्यबस्था गर्ने, अबैधानिक बनी अलपत्र परेकाहरुलाइ दूतावासको पहलमा आबस्यक कागजात तयार पारी स्वदेश फिर्ता पठाउन पहल गर्ने काम मंचले गरेको छ ।

यसवाहेक विभिन्न सामाजिक कार्यमा समेत मंचले उल्लेखनीय भुमिका निभाउन सफल भएको जानकारी मंच युएईका महासचिव उत्तम बिकले दियका छन ।

सन् २००७ मा स्थापन भएको मन्चले स्थापनाकालदेखि नै सामाजिक कार्यमा उल्लेखनीय भुमिका खेल्दै आयको छ ।

केहि समय अघि मात्रै तराई भेगमा आयको भीषण बाढीले हजारौं घर परिवारलाई बिस्थापित गरायको बेलामा समेत मन्चले आफ्नै सदस्यहरु बाट नेपाली झन्डै ३ लाख बराबरको राहत सामाग्री वाइसिएल नेपालमार्फत बाढी प्रभावित छेत्रमा बितरण गरेको थियो ।

उपचार अभावमा अपांग जीवन बिताइरहेका सिन्धुलीका सुरेन्द्र कुमार बोम्जनको सहयोर्थ गत डिसेम्बर १५ मा सास्कृतिक कार्यक्रमको आयोजना गरि झन्डै ४ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको थियो ।

युएईका सात वटै राज्यमा आफ्नो छेत्रीय कमिटी बिस्तार गरिसकेको मन्चमा हाल झन्डै ९०० को हाराहारीमा सदस्य रहेका छन भने छेत्रले समेत उल्लेखनीय रूपमा सामाजिक कार्यमा अग्रता लियको देखियको छ ।

पछिल्लो समय अन्य देशमा रहेका मन्चको तुलनामा युएईको जन प्रगतिशील मन्च राजनीति ,साङठनिक तथा सामाजिक कार्यमा समेत अगाडि रहेको बुझिन्छ ।-एभरेष्टदैनिक

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी