नेपाल विश्वकै उत्कृष्ट लगानी गन्तव्य : उपराष्ट्रपति पुन

105 Hits

चितवन,  पुस ।

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकै उत्कृष्ट लगानीको गन्तव्य भएको बताउनुभएको छ ।
चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले लगानीका लागि नेपाल भर्जिन ल्याण्ड भएको दाबी गर्नुभयो । नेपाललाई प्रकृतिले अनुपम उपहार दिएको र त्यसको उच्चतम सदुपयोगबाट मात्रै पनि समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ थियो । तर त्यसका लागि देशको सम्पदा, प्रकृति र संस्कृतिलाई ठीक ढंगले उपयोग गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उपराष्ट्रपतिले नेपालमा वैदेशिक लगानीको खाँचो रहेको औँल्याउनुभयो । मुलुकको समृद्धिका लागि मुख्य मुख्य क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउन सेतुको भूमिका खेल्न निजी क्षेत्रलाई अपिलसमेत गर्नुभयो ।

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।

राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताउनुभयो ।

“देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ”, उपराष्ट्रपति पुनले भन्नुभयो ।

उहाँले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताउनुभयो । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उहाँको छ ।

नेपाल सरकारले विशेष आर्थिक क्षेत्र ९सेज० परियोजना सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको सन्दर्भमा चितवनलाई विशेष आर्थिक क्षेत्र बनाउन सम्भाव्यता अध्ययनका लागि आफूले पनि सरकारको ध्यानाकर्षण गराउने उपराष्ट्रपति पुनले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताउनुभयो । उहाँले सरकार हस्तान्तरण छिटो गर्न आग्रहसमेत गर्नुभयो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ ।

Loading...

Related News

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छ- उपराष्ट्रपति पुन

काठमाडौं, २३ चैत उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् । आदिवासी…

जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन ‘पासांग’ दोश्रो कार्यकालको लागि उपराष्ट्रपति

काठमाडौं, ५ चैत । जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुन पासांग दोश्रो कार्यकालको लागि उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी उपराष्ट्रपतिको रुपमा…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी