अष्ट्रेलिया पढ्न पठाएकी छोरी ‘बाकसमा’ आएपछि …

168 Hits

काठमाडौं, २७ पुस ।

लाखौ खर्च गरेर उज्ववल भविष्य बनाई आफूलाई सुखि बनाउलान् भनेर अष्ट्रेलिया पढन पठाएका सन्तानको अकालमै ज्यान गएर आफैंले शव बुझनुपर्ला भनेर
कसले सोचेको हुन्छ र ? आज त्यस्तै भयो ।

उच् शिक्षा हासिल गर्न तथा राम्रो आम्दानी गर्ने अभिलाषाका साथ अष्ट्रेलिया पठाएकी छोरीको शव त्रिभुवन विमानस्थलमा बाकसमा बुझ्नुपर्दा तुलाराम रिजाललाई हुनसम्म असैह्य भयो । मुटु भक्कानो पारेर शव वुझे रिजालले । आफन्तहरुको रवावासीका बीचमा बाकसमा कैद भएकी छोरीको शव बुझ्दै उनले भने के सोचेको थिएँ के भयो ?

अष्ट्रेलियाको सिड्नीमा मृत्यु भएकी काठमाण्डौं पेप्सीकोलाकी अस्मिता रिजालको शव विहिवार मध्यान्ह स्वदेश आइपुगेको हो । उनको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्दा उनका परिवार आफन्त तथा नेकपा माओवादी केन््का विदेश विभागका सदस्यहरुसमेत विमानस्थलमा पुगेका थिए ।
सिडनीमा नेपालीहरुको बाक्लो बस्ती मानिने अर्वन क्षेत्रमा एक हप्ता अघि २३ वर्षिया अस्मीता रिजाल कोठामा मृत अवस्थामा भेटिएकी थिइन।

उनको आतमहत्या भएको ठहर तयहाँको प्रहरीले गरेको थियो । पोष्टमार्टम पछि मात्र उनको बारेमा जानकारी आउने प्रहरीले बताएको थियो पोष्टमार्टमपश्चात उनको शव नेपाल पठाइएको हो । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले उनको दुखद मृत्यु भएको भन्दै धैर्यधारणा गर्न परिवारजनलाई अपील गरेकी छिन् ।
सन २०१४ जनवरी मा उच्च अध्यनको लागि डिप्लोमा अफ कमर्सको पाथ अवे अन्तगर्त ग्रिफीथ विश्वविद्यालयमा ब्याचलर अफ कमर्स पढ्न ब्रिसबेन गएकी अस्मीता सिडनीमा बसर पढ्दै थिइन् ।

उनको शव नेपाल ल्याउने कार्यमा नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलिया र गैर आवासिय नेपाली संघअष्ट्रेलियाले आर्थिक, भौतिक लगायत समग्र नेतृत्व गरेको माओवादी केन्द्का विदेश विभाग संयोजक युवराज चौलागाईले जानकारी दिए । उनको शवलाई रिजालका पिता तुलाराम रिजालले विमानस्थलमै बुझेका थिए । उनको शव ल्याउँदा विमानस्थल पुरै शोकमय बनेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी