किन भेटे अर्धभुमिगत नेता मोहनविक्रमले प्रचण्डलाई ?

137 Hits

ललितपुर, २७ पुस । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेट भएको छ ।
अध्यक्ष प्रचण्डलाई भेट्न महामन्त्री सिंह बिहीबार बिहान ७:३० बजे प्रचण्ड निवास खुमलटार आउनु भएको थियो । सो क्रममा बाम गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नेबारे कुराकानी भएको थियो ।
भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिनुभएको थियो । भेटका क्रममा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेललाई कायमै राखिने बताउनु भएको थियो ।
भेटमा दुवै नेताहरु राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत हुनुभएको छ ।

Loading...

Related News

कर्मचारी समायोजनको विषय सबैभन्दा संवेदनशील : प्रचण्ड

काठमाडौं, १५ पुस । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान आएपछिको सबैभन्दा संवेदनशील विषय…

माओका बिचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय : प्रचण्ड

काठमाडाैं, ११ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले चिनियाँ क्रान्तिका महान् नेता माआत्सेतुङ्गको १२५ औं जन्म दिवसका अवसरमा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी