प्रधानन्याधिशकै कागजात र प्रमाण सर्वोच्चले छानविन गर्ने, डा. केसी समान्य तारेखमा रिहा

148 Hits

काठमाडौं, २७ पुस ।

अदालतको अवहेलना मुद्धामा बयाना लिइएका गोविद्यन केसीलाई सामान्य तारेखमा रिहा गर्दै सर्वोच्चले अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका दुबै नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको छ । डा। गोविन्द केसीले वयानका क्रममा पराजुलीको दुईवटा नागरिकता रहेका र एसएलसी पास भएरनभएको शंका भएको बताएका थिए । डा। केसीले इजलासमा उपस्थित भएर पनि त्यही अडान राखेपछि बयानमा सहभागि न्यायाधिशहरुले प्रधानन्यायाधिश पराजुलीको कागजात माग गर्ने फैसला गरेका थिए ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका नाममा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुबै नागरिकताको प्रतिलिपि र न्याय परिषदबाट उमेरबारे भएको निर्णय एवं शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु झिकाउन आदेश दिएको हो ।
साथै प्रधानन्यायाधीश पराजुलीसहितको इजलासले आईओएमको डीनमा डा। शशी शर्मालाई पुनर्वहाली गर्न दिएको आदेशको मिासिल पनि झिकाउन सर्वोच्चको आदेशमा उल्लेख छ ।

यस्तो छ पराजुलीको नागरिकता विवाद

प्रधानन्यायाधीश बन्नुअघि नै पराजुली नागरिकतामा उमेर सच्याएको विवादमा परेका थिए । उनको पहिलो नागरिकता र ३४ वर्षपछि लिएको प्रतिलिपिमा जन्ममिति फरक परेको विवाद यसअघि नै बाहिर आएको थियो ।

प्रधानन्ययाधीश पराजुलीले ०४८ सालमा न्याय सेवामा प्रवेश गर्दा पेश गरेको नागरिकतामा जन्म मिति २१ साउन २००९ छ । तर, २५ माघ २०३४ मा जिल्ला प्रशासन कार्यालयबाट निकालेको नागरिकताको प्रतिलिपिमा भने जन्म मिति १६ वैशाख २०१० उल्लेख छ ।

उमेर विवाद देखिएपछि सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले तत्कालीन न्यायाधीश पराजुलीको जन्ममिति २००९ साउन २१ कायम गरेकी थिइन् । त्यस अनुसार पराजुली गत साउन २१ मै सेवानिवृत्त हुन्थे ।

तर, सर्वोच्चले उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश सुरेन्द्रविक्रम बस्नेतको उमेरमा कार्कीको निर्णय उल्टायो । र, त्यही नजिरमा टेकेर न्यायपरिषदले पराजुलीको पनि पुरानै जन्ममितिलाई सदर गर्‍यो, जसले गर्दा पराजुलीलाई ११ महिना प्रधानन्यायाधीश बन्ने बाटो खुल्यो । अन्यथा उनको कार्यकाल ५८ दिनको मात्रै हुने थियो ।

अहिले प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनसन बसेका डा। केसीविरुद्ध अवहेलना मुद्दा लागेपछि उनको उमेर विवाद फेरि चर्चामा आएको छ । र, सर्वोच्चले त्यही डकुमेन्टलाई फेरि झिकाएर हेर्ने भएको छ ।

यद्यपि प्रधानन्यायाधीश पराजुलीले भने पहिलेको नागरिकतामा मिति उल्लेख गर्ने चलन नभई नागरिकता लिएको साल र व्यक्तिको उमेर ‘वर्ष’ मात्रै लेख्ने चलन रहेको र पछि मिति कायम गरिएको हुनाले त्यसमा कुनै गडबडी नभएको बताउँदै आएका छन् । उनले आफ्नो सबै चिज खुल्ला र पारदर्शी रहेको बताउँदै आएका छन् ।

Loading...

Related News

विदेश बस्नेलाई पनि मताधिकार देऊ – सर्वोच्च

काठमाडाैं, १८ भदौ । सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलार्य निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ । न्यायाधीश…

ज्यान गुमाएका बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति देउ – सर्वाेच्च

काठमाडाै, १८ असार । सर्वोच्च अदालतले खोप लगाउने क्रममा सरकारी निकायबाट लापरबाही गर्दा ज्यान गुमाएका चार बालबालिकाका परिवारलाई जनही १०…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी