धनकुटामा प्रदेश राजधानी माग गर्दै बन्द आयोजना, जनजीवन प्रभावित

162 Hits

धनकुटा, २७ पुस ।
प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटामा बनाउनुपर्ने माग गर्दै धनकुटा बन्द आयोजना गरिएको छ । बन्द आयोजना गरिएपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरूपमा ठप्प छन्।

हिमाल, पहाड र तराई मिलेर बनेको १ नम्बर प्रदेशको राजधानी ऐतिहासिक, प्रदेशको केन्द्र, पहिचान, पहाडी क्षेत्रको विकासका लागि धनकुटा नै बनाइनु पर्ने माग राख्दै सदरमुकाम र हिलेबजारमा दिनहुँ विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ। २८ दिनदेखि आन्दोलनरत धनकुटाबासीले यसअघि छ दिनसम्म आमहडताल गरेका थिए।

प्रदेशको अस्थायी राजधानी अहिलेको सरकारले तोक्ने भएकाले दबाब दिन पछिल्लो चरणमा सो बैठक बस्ने दिन जिल्ला बन्द गरेको आन्दोलन परिचालन समितिले जनाएको छ । सरकारले प्रदेश नं १ को राजधानी धरानमा राख्ने तयारी गरिसकेको सार्वजनीक गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी