अमेरिकाको क्यालिफोर्नियामा पहिरो, १७ को मृत्यु ।

75 Hits

अमेरिका, २७ पुस ।

संयुक्त राज्य अमेरिकाको एक प्रमूख शहर क्यालिफोर्नियामा आएको ठूलो पहिरोले च्यापिएर १७ जनाको मृत्यु भएको छ। भिषण वर्षपछि दक्षिण क्यालिफोर्नियामा गएको पहिरोमा परेर अझै दर्जनौं हराइरहेका त्यहाँका सुरक्षा अधिकारीले जनाएका छन् । घाइते भएका २८ जनालाई उद्दार गरिएको छ।

पहिरोले १ सय घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने ३ सय घरमा क्षती पुगेको छ। घाइतेहरुलाई उद्दारकर्ताहरुले अस्पताल पुर्‍याएका छन्। सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्यामा वृद्धि हुनसक्ने संभावना रहेको छ ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको तेज हावाको कारण ठूलो क्षति भएको बताइएको छ। चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै प्रभावित भएको अधिकारीहरुको भनाइ छ। उक्त क्षेत्रमा सयौं उद्दारकर्ताहरु खटिएका छन्। वर्ष र चिसोले गर्दा उद्धार कार्य कठीन बन्दै गइरहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी