ओली थाइल्याण्ड गएपछि प्रचण्ड झापा आउँदै

194 Hits

काठमाडौं,  पुस ।
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीको गृह जिल्ला झापा आउँदैछन् । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारको लािग भन्दै थाइल्याण्ड गएपछि प्रचण्ड झापा आउँन लागेका हुन् ।
यही पौष २७ गतेदेखि फागुन ८ गतेसम्म झापाको दमकमा सुरु हुन लागेको प्रादेशिक स्तरको दमक महोत्सवको उद्घाटन गर्न प्रमूख अतिथिको रुपमा प्रचण्ड झापा आउँन लागेका हुन् ।

बाम एकताका सुत्रधार तथा प्रमूख नेता प्रचण्डले ओलीको अनुपस्थितिमा पार्टी एकता र सरकार निर्माण दुबैको नेतृत्व सम्हाल्नेछन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुन लागिरहेको अवस्थामा प्रचण्डको झापा भ्रमणले एकतालाई थप बलियो बनाउने आशा झापाली जनताले गरेका छन् ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणा लगायतका उद्योगी,व्यवसायीसमेत सहभागी हुनेछन् ।
उद्घाटन कार्यक्रमलाई विशेष आकर्षक बनाउन हेलिकोप्टरबाट पुष्प वृष्टिको पनि तयारी गरिएको छ। दमक– ७ स्थित सयपत्री टोलको रतुवा खोला किनारमा २७ पुसदेखि ८ माघसम्म सञ्चालन हुने महोत्सवको स्टल बनाउनेदेखि लिएर महोत्सव स्थलको व्यवस्थापनका कामहरु धमाधम भइरहेको छ

Loading...

Related News

नेकपा अध्यक्षद्य प्रचण्ड र ओलीबीच भेट, सचिवालय बैठक शुक्रबार डाक्ने सहमति

काठमाडौं, ४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री के पी शर्मा ओलीबीच सचिवालय…

विप्लव पनि नेकपामा आउने प्रचण्डको विश्वास

काठमाडौं, १९ जेठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आफ्नो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी