प्रचण्ड र ओलीले संयुक्त कार्यदललाई दिए यस्तो निर्देशन

273 Hits

काठमाडौं, २६ पुस।
एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन, प्रदेश सरकार र संसदको जिम्मेवारीबारे गृहकार्य गर्न गठित एमाले-माओवादी केन्द्रको संयुक्त कार्यदललाई संयुक्त रुपमा निर्देशन दिएका छन् ।
आज विहान उमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको एमाले-माओवादी केन्द्रका अध्यक्षसहित कार्यदलका सदस्यहरुको पहिलो संयुक्त बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा दिशानिर्देश गरेका माओवादी नेता तथा कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए ।
कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामूख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ। रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षमान पुन अनन्तले बताए ।
कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने पनि पुनले जानकारी दिए।
कार्यदलमा रामबहादुर थापा ‘बादल’, सुवास नेम्वाङ, वर्षमान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् । एमाले माओवादी एकता संयोजन समितिको मंगलबार बसेको बैठकले यो कार्यदल बनाएको थियो । कार्यदल आजैबाट सक्रिय भइसकेको छ ।

Loading...

Related News

पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन, यस्तो बन्दै छ कम्युनिस्ट पार्टीको संरचना

काठमाडौं, ११ चैत । आजको एक महिनामा एउटै कम्युनिष्ट पार्टीको नाममा सार्वजनीक हुने तयारीमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा…

Notes on 21st Century Imperialism

Understanding Imperialism Transformation of capitalism into imperialism, which Lenin recognized as the highest state of capitalism, is inevitable. Lenin’s understanding…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी