सम्झनाको साथमा तिलकले ल्याए पानी खानु मुलको, विहे गर्नु कुलको…(भिडियो)

261 Hits

काठमाडौं  ।
लोक दोहोरी म्युजिक भिडियोहरुको भिडमा ओखलढुंगाका कलाकार तिलक सुनुवारले एउटा चर्चित म्युजिक भिडियो लिएर आएका छन् । चर्चीत गायीका सम्झना लामीछाने मगरको साथमा गायक सुनुवारले पानी ‘खानु मुलको विहे गर्नु कुलको’ बोलमा आकर्षक म्युजिक भिडियो पस्केका हुन् ।

ओखलढुंगा जिल्लाको खिजी देम्बा गाउँपालिकाको प्रतिभावान कलाकार तिलक सुनुवारको यो समसामयीक कोसेली संकलन संगीत प्रालिले बजारमा उपलब्ध गराएको हो ।

पानि खानु मुलको बोलको भाकामा सम्झना लामिछाने मगर र तिलक सुनुवारको नै सुमधुर स्वर सुन्न सकिन्छ । तिलक सुनुवार र किस्वर सुनुवारको संयुक्त प्रस्तुतिको रुपमा बजारमा आएको यस गितलाई लय तिलक सुनुवार र शब्द सपना सुनामको रहेको छ ।

भिडियोमा पार्वती राई र जोहन राईले जिवन्त अभिनयगरेका छन् । युवा पुस्तालाई लक्षीत गरी तयार गरिएको यस म्युजिक भिडियोको निर्देशन एकेन्द्र सारा शंकर, छायांकन करन चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् ।
गायक सुनुवारले यस अघी मोही पर्ने मदानी (पुर्बेली भाका) मुटुमा चोट दिंदा मायाले, म त मर्छु होला लगाएतका गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता दर्शकहरुको माया प्राप्त गरिसकेका छन् ।

युवा पुस्तादेखि बृद्धसम्म अत्यन्त लोकप्रिय बन्न ुफल सुनुवारले जनवादी गित संगितबाट आफ्नो यात्रा शुरु गरेका थिए । प्रतिस्पर्धाको दुनियाँमा अब्बल सावीत गर्दै सुनुवारले आगामी दिनमा झन वढि मार्मीक र चेतनामूलक लोक तथा दोहोरी भाकाहरु बजारमा ल्याउने मूलखबरलाई बताए ।

Loading...

Related News

आजबाट मंगलम देशभर प्रदर्शनमा, दर्शकको घुईचो

काठमाडौं, २५ फागुन । आजबाट नेपाली कथानक चलचित्र मंगलम आजबाट प्रदर्शनमा आएको छ । छवीराज ओझाको लगानीमा बनेको चलचित्रमा नवल…

अमृत क्षेत्रीको भ्यालेन्टाइन डे गिफ्ट सार्वजनिक…

काठमाडौं, २ फागुन- गायक अमृत क्षेत्रीले आफ्ना फ्यानलाई भ्यालेन्टाइन डे गिफ्ट सार्वजनिक गरेका छन् । अमृतले फ्यानका लागि दिएको उक्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी