मुकाम नभनी प्रदेश कार्यालय खोल्ने सरकारी तयारी, यी हुन् सम्भावित ठाउँहरु

91 Hits

काठमाडौ., २६ पुस ।
सरकार प्रदेशको अस्थायी मुकाम नभनी राजधानीका लागि सम्भावित स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने गृहकार्यमा जुटेको छ । सातवटै प्रदेश प्रमुखको कार्यालय राजधानीमा तोक्ने तयारीबाट पछि हटेर सरकार नयाँ विकल्पमा जुटेको हो । सरकारले उच्च अदालत रहेका स्थानमा प्रदेशको अस्थायी कार्यालय खोल्ने तयारी गरेको छ । यसअघि सर्वदलीय बैठकमा एमाले र माओवादी केन्द्रले अस्थायी मुकाम तोक्नेबारे सुझाब नदिएपछि सरकारले तत्काल अस्थायी मुकाम नतोकी सबै प्रदेशको सम्पर्क कार्यालय राजधानीमा तोक्ने तयारी गरेको थियो । त्यस्तो तयारीको आलोचना भएपछि सरकार नयाँ विकल्पमा प्रवेश गरेको हो ।

आजको नयाँ पत्रिकामा खबर छ(प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय तोक्नेबारे कानुनविद् र मन्त्रीहरूसँग परामर्श गरेका छन् । सो विकल्पमा एमाले र माओवादीको पनि सहमति जुटाउने प्रयास भइरहेको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बताए । प्रधानमन्त्री देउवाका स्वकीय सचिव केशवराज जोशीले पनि उच्च अदालत तोकिएकै स्थानमा प्रदेशको कार्य सञ्चालनका लागि कार्यालय खोल्ने विकल्पमा छलफल केन्द्रित भएको बताए । ‘सरकारले यसअघि नै सातवटै प्रदेशमा उच्च अदालत तोकिसकेको छ । अब प्रदेश प्रमुखको कार्यालय पनि त्यहीँ तोक्नुपर्छ,’ जोशीले भने, ‘अब सातवटै प्रदेशमा कार्य सञ्चालनका लागि कार्यालय खुल्न सक्छन् ।’
दलहरूबीच सहमति नजुटेको, विभिन्न जिल्लामा प्रदेश राजधानीको माग गर्दै प्रदर्शन हुन थालेपछि सरकारले अस्थायी मुकाम नतोकी कार्यालय मात्र तोक्ने नीति लिएको हो । ‘दलीय सहमतिमै होस् भनेरै प्रधानमन्त्रीले सर्वदलीय छलफल डाकेर प्रयास गर्नुभएको हो । तर, जिम्मेवार दलले जिम्मेवार निर्णय दिएनन्, उल्टै विवादित बनाउने काम गरे,’ कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘प्रदेशको राजधानी स्थायी होस् कि अस्थायी, यो सरकारले तोक्न सक्दैन । संविधानको धारा ८८ उपधारा २ अनुसार प्रदेश सभाको दुईतिहाइले केन्द्र तोक्ने हो । कार्य सञ्चालनका लागि सरकारले बीचको बाटो लिँदै छ ।’

पूर्वसचिवलाई प्रदेश प्रमुख नबनाउने
सरकारले पूर्वसचिवहरूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न सक्ने मापदण्ड परिवर्तन गरेको छ । आन्तरिक गृहकार्य भइरहेका वेला पूर्वसचिवहरूले आफूलाई प्रदेश प्रमुखमा नियुक्ति गर्न दबाब बढाएपछि सरकारले पूर्वसचिवलाई हटाएको हो । वाणिज्यमन्त्री मीन विश्वकर्माले पूर्वप्रशासकका तर्फबाट पूर्व मुख्यसचिवहरू प्रदेश प्रमुख बन्न सक्ने मापदण्ड बनाएको जानकारी दिए । प्रधानमन्त्री देउवाकै निर्देशनमा अवकाश पाएका सचिवहरूलाई प्रदेश प्रमुख बनाउन सकिने मापदण्ड हटाइएको हो ।

यी हुन्, प्रदेश प्रमुखको चर्चामा रहेकाहरू
– विमल कोइराला
– तीर्थमान शाक्य
– भोजराज घिमिरे
– दामोदर गौतम

पूर्वन्यायाधीश
– रामनगिना सिंह

पूर्वप्रशासक तथा पूर्वमन्त्रीद्वय
– विद्याधर मल्लिक
– शंकर कोइराला

पूर्वउपकुलपति
– केदारभक्त माथेमा
– कमलकृष्ण जोशी

महिलातर्फबाट
– डा। किरण रेग्मी, पूर्वसचिव
(अनुराधा कोइराला
– उषा नेपाल

अन्य
– पुष्कर बज्राचार्य ९अर्थशास्त्र प्रोफेसर, त्रिवि०
– जगदीश पोखरेल ९राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष०
(पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल
– पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ
– शिवचन्द्र श्रेष्ठ ९पूर्वमहालेखा नियन्त्रक०

प्रदेश प्रमुख बन्न लबिङ गर्ने पूर्वसचिवहरू
(शान्ताबहादुर श्रेष्ठ
– विश्वप्रकाश पण्डित
– धरणीधर खतिवडा

यी पनि चर्चामा
(डा। रामप्रकाश यादव, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य
– डा। रामअवतार यादव, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति
– सुरेन्द्र महतो, वरिष्ठ अधिवक्ता
– रुक्मांगद कटवाल, पूर्वप्रधानसेनापति

 

Loading...

Related News

किन गरे सरकारी कर्मचारीले सिंहदरबारभित्रै अान्दाेलन ?

काठमाडौं, १३ कात्तिक – कस्ताे हुन्छ  हाेला जव अाफ्नै कर्मचारीले अान्दाेलन गर्छन् त्याे पनि अाफैंले घाेषणा गरेकाे निषेधित क्षेत्रमा ?…

प्रधानमन्त्रीकाे बक्तव्य : “म छिट्टै अस्पतालबाट फर्कन्छु”

काठमाडौं, १३ कात्तिक – प्रधानमन्त्री  केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै छिट्टै अस्पतालबाट फर्कने जानकारी दिएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी