माओवादी-एमाले बैठक, एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न अपील

165 Hits

काठमाडौं, २५ पुस ।

पार्टी एकता गर्न माओवादी केन्द्र र एमालेका शीर्ष नेता सम्मिलित पार्टी एकता संयोजन समितिको बैठक मंगलबार सम्पन्न भएको छ ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको थियो ।

बैठकले पार्टी एकतामा कुनै विवाद र बिमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष निकालेको छ । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।
बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल गठन गरेको छ । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा ‘बादल’, वर्षामान पुन र मातृका यादव रहनुभएको छ ।

आजको बैठकमा पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको छ । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।
बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

Loading...

Related News

पार्टी एकतासँगै जनसंगठनको नाम पनि संशोधन, यस्तो बन्दै छ कम्युनिस्ट पार्टीको संरचना

काठमाडौं, ११ चैत । आजको एक महिनामा एउटै कम्युनिष्ट पार्टीको नाममा सार्वजनीक हुने तयारीमा रहेका दुई ठूला कम्युनिष्ट पार्टीहरु नेकपा…

Notes on 21st Century Imperialism

Understanding Imperialism Transformation of capitalism into imperialism, which Lenin recognized as the highest state of capitalism, is inevitable. Lenin’s understanding…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी