सकियो डा केसीको बयान, सुविधा सम्पन्न कक्षमा राखी भोली हाजिर गराउन आदेश

139 Hits

काठमाडौं, २५ पुस ।
वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई सुविधा सम्पन्न कक्षमा राखी भोली फेरी अदालतमा ल्याउने आदेश जारी गर्दै सर्वोच अदालतले बीर अस्पतालमा पठाएको छ ।
अदालतको अवहेलनामा पक्राउ गरिएका चिकित्सक डा। गोविन्द केसीको बयान सकिएपछि उनलाई बीर अस्पतालको सुविधा सम्पन्न कक्षमा सारिएको छ । सोमबार साँझ पक्राउ गरिएका डा. केसीलाई २४ गते नै अदालतको अवहेलना गरेको भन्दै पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई निर्देशन गरिएको थियो । आज मंगलबार न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले डा। केसीको बयान लिएका थिए। बयानपछि सर्वाेच्चको मंगलबारको निर्देशनमा भनिएको छ, डा. गोविन्द केसीको बयान सकिई बहसलगायतको कार्य बाँकी रहेको हुँदा निजको स्वास्थ्य स्थितिलाई विचार गरी अनुकूल हुनेगरी सुविधाजनक रूपमा राखी भोलि मिति ०७४/९/२६ गते बिहान १० बजे अदालतमा उपस्थित गराइदिनुहुन भनी सम्बन्धित सुरक्षाकर्मीलाई जानकारी गराई कानुनबमोजिम गरी पेस गर्नुहोला।
डा। केसीलाई बुधबार पुनः अदालतमा उपस्थित गराइनेछ।
डा केसीलाई पक्राउ गरिएपछि सर्वत्र विरोध भएको थियो । आज विहान ८ बजेदेखि नै पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुर्व स्वास्थ्यमन्त्री गगन थापालगायत सर्वसाधारणले विरोध प्रदर्शन गरेका थिए । उनीहरुले डा केसीको रिहाईको माग गरेका थिए ।

Loading...

Related News

डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

काठमाडौं, ३ साउन । अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल…

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी