डा.केसी पक्राउविरुद्ध नेतादेखि जनतासम्म सडकमा, माइतिघरमा प्रदर्शन

151 Hits

काठमाडौं, २५ पुस ।
अदालतको मानहानी अभियोग लगाएर अनसनस्थलबाटै डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा नेतादेखि साधारण जनतासम्म सडकमा उत्रिएका छन् ।
नयाँ शक्तिका संयोजक तथा पर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, पुर्व मन्त्री एवं कांग्रेसका साँसद गगन थापा लगायत माइतिघर मा सडक प्रदर्शन सामेल भएका छन् । प्रदर्शनमा गोद्यिन केसीको रिहाई को माग गरिएको छ भने अदालतले भ्रष्टको संरक्षण दिएको भन्दै विरोध गरिएको छ ।
मंगलबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले बिहान ८ बजे डा. केसीको अभियानप्रति ऐक्यवद्धता जनाउन माइतीघरमा जाने जानकारी दिएका थिए।

भट्टराईले डा. केसीप्रति ऐक्यवद्धता जनाउने सबैलाई माइतीघरमा उपस्थित हुन आग्रहसमेत गरेका थिए । सोमबार केसी पक्राउ पर्ने वित्तिकै पनि भट्टराईले मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबैनेपालीको पहुँचको माग राखी संघर्षरत डा। केसी पक्राउ पर्दा दुःखी भएको भन्दै डा। केसीको अभियानको पक्षमा रहेको भन्दै ट्वीट गरेका थिए ।

साथै पूर्व स्वाथ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले सोमबार राति नै ट्वीटर मार्फत डा. गोविन्द केसीको समर्थनमा आफू मंगलबार बिहान ८ बजे माइतीघरमा उपस्थित हुने जानकारी गराएका थिए ।

Loading...

Related News

डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

काठमाडौं, ३ साउन । अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल…

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी