बेल्जीयममा शुभकामना तथा जलपान कार्यक्रम सम्पन्न, प्रचण्डसहितका नेताले दिए शुभकामना

519 Hits

बेल्जीयम, २४ पुस ।
युरोपमा रहेका नेपालीहरुबीच अंग्रेजी नयाँ वर्ष २०१८, उधौली, तमु ल्होसार, तामांग ल्होसार, शेर्पा ल्होसार र माघे संक्रान्ती लगायतका चाडपर्वहरुको संयुक्त शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रगतिशिल मन्च तथा प्रवासी नेपाली मंच बेल्जियमको मुख्य आयोजनामा सम्पन्न कार्यक्रममा बेल्जियम स्थित संघ संस्था र नेपाली दूतावासको साथ रहेको थियो ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा बाम गठ बन्धनका नेता एवं पुर्व प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड ) ले लिखित शुभकामना सन्देश पठाउनुभएको थियो । प्रचण्डले शुभकामना सन्देशमा नेपालका भएको राजनतिक परिवर्तन र विकासको यात्रामा युरोपमा रहेका नेपालीहरुको महत्वपूर्ण भुमिका रहेको भन्दै अब बन्ने बाम गठबनधनको सरकारले राजनीतिक स्थिरता सहित विकास र समृद्धिमा देशलाई अगाडि वढाउन चाहेकोले अझ वढि भुमिका निर्वाह गर्न अपील गर्नुभएको थियो ।
प्रचण्डको शुभकामना

त्यसैगरी कार्यक्रममा ने क पा एमालेका केन्द्रीय उपाध्यक्ष बामदेव गौतमले अनलाइनबाट शुभकामना सम्बोधन दिंदै नेपालको वर्तमान परिस्थिति र बाम गठ बन्धनको बिकासको बारेमा प्रष्ट पार्नुभएको थियो । त्यसैगरी नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य तथा अन्तरास्ट्रिय बिभागका सचिव युवराज चौलागाईंलेपनि अनलाइनबाटै सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बेनेलक्सको लागि नेपाली महामहिम राजदुत लोक बहादुर थापा प्रमूख अतिथि रहनुभएको थियो भने जनप्रगतिशिल युरोपका सल्लाहकार सुरेन्द्र भुसाल तथा प्रवासी मंच युरोप सदस्य नारायण अधिकारी, एन आर एन केन्द्रिय सचिव जानकी गुरुङ , केन्द्रिय महिला सम्योजक रजनी प्रधान , युरोप सम्योजक शिव वरुवाल, मगर मुक्तिमोर्चा युरोप ईन्चार्ज वीर मान घर्ती मगर अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।
त्यसैगरी तमु मुक्ति मोर्चाको युरोप ईन्चार्ज गम बहादुर गुरुङ, जनप्रगतिशिल मोर्चा युरोपको अध्यक्ष बिस्नु भुजेल , आईसिसी सदस्य सरु चापागाईं, तथा पदम गुरुङ, बेल्जियम उपाध्यक्ष खडक के सि, जनसम्पर्क समिती बेल्जियमका अध्यक्ष सीता सापकोटा पनि अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा नेपाली संघिय समाज बेल्जियमक अध्यक्ष नेत्र मगर, नेपाली एकता समाजको अध्यक्ष बाल कृष्ण कंडेल, प्रवासी एकता समाजको अध्यक्ष दिपेन्द्र केसि, दुबै सस्थाको भुतपुर्व अग्रज अध्यक्षहरु पनि अतिथिकै रुपमा सहभागि हुनुभएको थियो । कार्यक्रममा बेल्जीयममा रहेका विभिन्न राजनीतिक, सामाजिक, धार्मिक, साँस्कृतिक संघ संस्थाका प्रतिनिधिहरु र नेपाली समुदायको सहभागिता रहेको थियो ।
कार्यक्रम सफलतासाथ सम्पन्न भएपछि आयोजक संस्था जनप्रगतिशिल मंचका अध्यक्ष जित लामा तथा प्रवासी नेपाली मन्च , बेल्जियमका अध्यक्ष बोधराज पौडेलले अतिथि तथा सहभागिहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

हेर्नुहोस धन्यवाद बक्तव्य
‘हार्दिक आभार तथा धन्यवाद ।।।
आज भएको जनप्रगतिशिल मन्च तथा प्रवासी नेपाली मंच बेल्जियमले अङ्ग्रेजी नयाँ बर्ष २०१८ तथा उधौली , तमु, तामाङ , शेर्पा ल्होछार र मागे सङ्क्रान्तीको उपलक्ष्यमा बेल्जियम स्थित संघ संस्था र नेपाली दूतावासको बिचमा संयुक्त आयोजना गरेको शुभकामना आदानप्रदान तथा जलपान कार्यक्रममा
नेकपा माओबादी केन्द्रको केन्द्रीय अध्यक्ष तथ बाम गठ बन्धनका आदरणीय सुप्रीम नेता कं। पुष्प कमल दहाल ९प्रचण्ड ० जसले हाम्रो कार्यक्रम मार्फत बेल्जियम बासी नेपालिहरुलाई अङ्ग्रेजी नयाँ बर्ष , उधौली , तमु ,तामाङ , शेर्पा ल्होछार तथा मागे सङ्क्रान्ती उपलक्ष्यमा लिखित शुभकामना सन्देश पठाउनु भएकोमा, ने क पा एमालेक केन्द्रीय उपाध्यक्ष तथ बाम गठ बन्धनका सुत्रधारका रुपमा चिनिने वरिष्ठ नेता बाम देव गौतम जसले आफ्नो अ्मुल्य समय दिनु भैइ अनलाइनबाट सम्बोधन गर्दै नेपालको वर्तमान परिस्थिति र बाम गठ बन्धनको बिकासको बारेमा प्रष्ट पार्नुको साथै शुभकामना दिनु भएकोमा र नेकपा माओबादी केन्द्रको पोलिट ब्युरो सदस्य तथा अन्तरास्ट्रिय बिभागको सचिव क। युवराज चौलागाईं जसले अमुल्य समयको बाबजुद हाम्रो कार्यक्रमलाई अनलाइन मार्फत सम्बोधन गर्नु भैई बेल्जियम बासी नेपालीलाई शुभकामना दिनु भएकोमा उहाँहरु प्रती हामी आयोजक दुबै सस्था आभार व्यक्त गर्दछ ।
त्यसै गरि कार्यक्रमको प्रमुख अतिथिको लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरेर कार्यक्रममा आउनु भैई प्रमुख आतिथ्यता गर्नु हुने बेनेलक्सको लागि नेपाली महामहिम राजदुत लोक बहादुर थापाको गरिमामय उपस्थिति प्रती आभार व्यक्त गर्दछौं । त्यसै गरि जनप्रगतिशिल युरोपका सल्लाहकार सुरेन्द्र भुसाल तथा प्रवासी मंच युरोप सदस्य नारायण अधिकारी , एन आर एन केन्द्रिय सचिव जानकी गुरुङ , केन्द्रिय महिला सम्योजक रजनी प्रधान , युरोप सम्योजक शिव वरुवाल, मगर मुक्तिमोर्चा युरोप ईन्चार्ज वीर मान घर्ती मगर, तमु मुक्ति मोर्चाको युरोप ईन्चार्ज गम बहादुर गुरुङ, जनप्रगतिशिल मोर्चा युरोपको अध्यक्ष बिस्नु भुजेल , आईसिसी सदस्य सरु चापागाईं, तथा पदम गुरुङ , बेल्जियम उपाध्यक्ष खडक के सि, जनसम्पर्क समिती बेल्जियमका अध्यक्ष सीता सापकोटा , नेपाली संघिय समाज बेल्जियमक अध्यक्ष नेत्र मगर, नेपाली एकता समाजको अध्यक्ष बाल कृष्ण कंडेल , प्रवासी एकता समाजको अध्यक्ष दिपेन्द्र केसि , दुबै सस्थाको भुतपुर्व अग्रज अध्यक्षहरु समितिका सहकर्मीहरु लगाएत सम्पुर्ण संघ संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु र उपस्थित सम्पुर्ण दिदीबहिनी , दाजुभाइ सबैलाई हाम्रो निमन्त्रणालाई स्वीकार गर्नु भैई उपस्थित हुनु भैई हाम्रो कार्यक्रमलाई सफल बनाउनु भएकोमा भविस्यमा पनि यस्तै किसिमको एकता र सह अस्तित्व सद्भाव रहि रहोस भन्दै हामी आयोजकको तर्फबाट सबै सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।
जित लामा , अध्यक्ष जनप्रगतिशिल मंच , बोध राज पौडेल , अध्यक्ष प्रवासी नेपाली मन्च , बेल्जियम ।’

Loading...

Related News

एनआएनएले पररास्ट्रमन्त्री ज्ञवालीलाई जुलाई २७ मा बेल्जीयममा सम्मान गर्ने

बेल्जीयम, ९ साउन । गैर आवासिय नेपाली संघ बेल्जीयमले पररास्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई बेल्जीयममा स्वागत तथा सम्मान गर्ने भएको छ ।…

नेपाल महोत्सवसहित यसरी मनाईँदैछ बेल्जीयममा नयाँ वर्ष २०७५

काठमाडौं, ३० चैत । यहि १४ अप्रिल २०१८ का दिन नेपाली नयाँवर्ष तथा नेपाल महोत्सव कार्यक्रम बेल्जियमको केन्द्र लुभेनमा सम्पन्न…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी