खबरदार बिचौलिया ! यातायात कार्यालयबाट रंगेहात पक्राउ परे २९ विचौलिया

117 Hits

पोखरा, २४ पुस
यातायात कार्यालयले सेवाग्राहीलाई उचित सेवा सुविधा नदिएको तथा विचौलियाहरुमार्फत मात्रै काम गर्ने गर्नेको गुनासो आइरहेका बेला पोखराको दुई छुट्टाछुट्टै यातायात कार्यलयबाट २९ जना बिचौलियाहरु रंगेहात पक्राउ परेका छन्। यातायात कार्यालय परिसरमा सर्वसाधारण सेवाग्राहीसँग रकम असुल्ने र शंकास्पद गतिविधि गरेको आरोपमा आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पोखराको पृथ्वीचोक, बसपार्क्स्थित सवारी दर्ता र नवीकरण कार्यालयबाट १९ जना र ड्यामसाइडस्थित यातायात व्यवस्था कार्यालय लाइसन शाखाबाट १० जना गरी २९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको हो।
यातायात कार्यालयमा कामका लागि आउने सर्वसाधारण सेवाग्राहीहरुलाई विभिन्न प्रलोभन देखाएर रकम असुल्ने गरेको जनगुनासो आएपछि प्रहरीले बिचौलियाहरुलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख अशोक सिंहले बताए। ‘व्यापक जनगुनासो आएपछि हामीले १० दिन अघिदेखि निगरानी गर्दै आएका थियौं,’ एसपी सिंहले भने, ‘आइतबार हामीले उनीहरुलाई पक्राउ गरेका हौं।’
पक्राउ परेकाहरुलाई आवस्यक अनुसन्धानका लागि सार्वजनिक अपराध तथा सजाय ऐन २०२७ बमोजिम जिल्ला प्रशासन कार्यालय कास्कीबाट म्याद थप अनुमति लिई जिल्ला प्रहरी कार्यलयमा राखिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।-थाहाखबरबाट

Loading...

Related News

CIAA can probe Pathak corruption case – Attorney general

Kathmandu, 19 Feb- The Office of the Attorney General on Monday swiftly responded to the Commission for Investigation of Abuse…

भ्रष्टाचारी अख्तियार आयुक्त पाठकलेे राजिनामा नदिए महाअभियाेग लगाईने

काठमाडौं , ३ फागुन – घुस लिएको सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान अयोगका आयुक्त राजनारायण पाठकविरुद्ध सत्तारुढ दलले महाअभियोग लगाउने…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी