चीनमा एक वर्षमा १ लाख ५९ हजारलाई भ्रष्टाचार मुद्धामा कार्वाही

216 Hits

काठमाडौं, २४ पुस–
चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ ।

 

उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ ।

उनीहरू एक लाख २२ हजार १०० वटा घटनामा संलग्न भएको र तीमध्ये ४८ हजार ७०० वटा घटना गरिबी निवारणसम्बन्धी थिए ।

हालै प्रकाशित एक सर्वेक्षणले ९३।९ प्रतिशत जनता पार्टीको भ्रष्टाचार विरोधी कामबाट सन्तुष्ट भएको देखाएको छ । यसरी सन्तुष्ट हुनेहरूको मात्रा यसअघि सन् २०१२ मा ७५ प्रतिशत थियो । रासस

Loading...

Related News

संसारलाई चकित पार्ने नयाँ विमानस्थल बनायाे चिनले (तस्वीरहरु)

काठमाडौं, १५ असार ।विश्व शक्तिका रुपमा उदाईरहेको उत्तरी छिमेकी मूलुक चिनले आज निर्माण सम्पन्न गरेको बेइजिङको नयाँ विमानस्थल संसारलार्य नै…

सञ्चालनमा अायाे खासाकाे नाका

काठमाडौं, १४ जेठ- नेपालकाे उत्तरी छिमेकी देश चिनसँग जाेड्ने तातोपानी खासा नाका अाजदेखी सञ्चालनमा अाएकाे छ ।  मंगलबार बिहान ४…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का