डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ, सर्बत्र विरोध

80 Hits

काठमाडौं, २४ पुस ।
सर्वोच्चले पक्राउ गर्न आदेश दिएको तीन घण्टामै वरिष्ठ चिकित्सक डा. गोविन्द केसी पक्राउ गरिएका छन् ।
सरकारले अनसनस्थलबाटै डा. केसीलाई पक्राउ गरेको हो । केसीले सर्वाेच्च अदालतका प्रधानन्यायाधिश गोपाल पराजुलीमाथि गम्भीर आरोप लगाई अदालतको मानहानी गरेको भन्दै पक्राउ गर्न आदेश दिएको थियो ।
डा. केसीलाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए । आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा। शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा। केसी आक्रोसित भएका थिए । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको मात्र दाबी गरेनन्,प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिएका थिए।

डा. केसीलाई पक्राउ गर्न आदेश दिएपछि देशभरबाट उक्त आदेशको विरोध भइरहेका बेला उनलाई अनसनस्थलबाटै गिरफ्तार गरिएपछि सामाजिक सञ्जालसहित देशभरबाट देउवा नेतृत्वको सरकार र सर्वोच्चका प्रधानन्यायधिशको विरोध भइरहेको छ ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी