सर्वोच्चले दियो डा. गोविन्द केसीलाई पक्राउ गर्न आदेश

145 Hits

काठमाडौं, २४ पुस ।
सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न आदेश गरेको छ । न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले उनलाई पक्राउ गरेर मंगलबार विहान ९ बजे अदालतमा दाखिल गर्न आदेश जारी गरेको प्रवक्ता नारायण पन्थीले बताए । डाक्टर केसी प्रधानन्यायाधीशको बर्खास्तगी माग गर्दै आजदेखि अनसन बसेका थिए।

प्रधानन्यायाधीशले माफियाको पक्षमा फैसला गरेको आरोप लगाउँदै अबको आन्दोलन उनै विरुद्ध हुने भनेर केसीले विज्ञप्ति निकालेका थिए । उक्त विज्ञप्तिले अदालतको अवहेलना गरेको भनेर सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन माथि आदेश गर्दै सर्वोच्चले डा। केसीलाई पक्राउ गरी अदालतमा दाखिल गर्न गृहमन्त्रालयलाई भनेको छ । पौडेलको प्रतिवेदन फौजदारी अभियोगको रुपमा दर्ता गर्न पनि अदालतले आदेश गरेको छ ।

 

Loading...

Related News

डा. केसीको मुद्धामा डाक्टरहरु नै विभाजित, आयो नोट अफ डिसेन्ट

काठमाडौं, ३ साउन । अनसरनरत डा गोविन्द केसीको पक्ष र विपक्षमा चिकित्सकहरु नै खडा भएका छन् । स्वास्थ्य संस्थामा हडताल…

भेट्न अाउनुस् काठमाडाैँ लाने दुःख गर्नुपर्दैन- डा. केसी

काठमाडौं २८ असार ।  १२ दिनदेखि अनसनरत डा. गाेविन्द केसीलार्इ लिन बुधबार काठमाडाैँबाट चिकित्सककाे टाेली जुम्ला जाने तयारी थियाे ।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी