प्रचण्ड-ओली भेटले एकतामा ठोस प्रगति, मंगलबार नै मिति तोक्ने संभावना

204 Hits

काठमाडौं, २४ पुस ।
देशैभर चिसो वढेर शितलहर चलिरहेको बेला आइतबार भएको दुई शिर्ष नेताको भेटले एकाएक राजनीतिमा भने तापक्रम बढाइदिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको बहुप्रतिक्षित भेटघाटले राजनीतिक तरंगमा तापक्रम बढाएको हो ।

चुनावलगत्तै पार्टी उकता गर्ने निश्कर्षमा पुगेको हल्ला आइरहेको नेकपा एमाले र माओवादी केन्द्रको एकताको चर्चा प्रचण्ड र ओलीको भेटघाटमा आएको मन्दतासँगै चिसिएको थियो ।
एमाले अध्इष अस्वस्थ् भएको तथा माओवादी अध्यष प्रचण्ड चितवनतिर व्यस्त भएपछि पार्टी उकताको विषय आझेलमा परेको होकी भन्ने आशंकालाई दूर गर्दै चितवनबाट काठमाडौं फर्केलगत्तै माओवादी अध्यक्ष प्रचण्ड एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका थिए ।
लामो समयको अन्तरालमा भएको भेटमा पार्टी एकता, प्रदेश सरकार र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भएको अध्यक्ष प्रचण्डले भेटपछि बताए ।

उनले संचारकर्मिहरुसँग भने हामीले राष्ट्रिय सभाको निर्वाचन र प्रदेश सरकार गठनबारे कुरा गर्यौं” प्रचण्डले भने, “मुख्यतः पार्टी एकताका बारेमा नै छलफल केन्द्रीत भयो ।”

प्रचण्ड र ओलीबीच पाटीृ उकतालार्य छिटो निश्कर्षमा पुर्याउने बारे ठोस सहमति नै भएको छ । “आजको बैठकमा गम्भीर ढंगले छलफल भयो, यसअघि नै सहमति भएको प्रक्रिया अनुसार अघि बढने सहमति भयो ।” प्रचण्डले भने ।

दुबै नेताहरुबीच आज सोमवार पार्टीहरुको आन्तरिक बैठक बसेर भोली मंगलबार एकता संयोजन समितिको बैठकमार्फत पार्टी एकतालाई निश्कर्षमा पुर्याउने सहमति भएको छ ।
“सोमवार दुबै पार्टीको बैठक बसेर सैद्धान्तिक र संगठनात्मक पक्षहरुमा छलफल गर्ने छ” ओलीसँगको बैठकपछि प्रचण्डले भने, “मंगलबार पार्टी संयोजन समितिको बैठक बस्ने निर्णय भयो ।’
“बैठक निकै सकारात्मक रह्यो, एकता इतिहासको आवश्यकता भएकोले यसलाई उत्तरदायित्वबोध गरेर अघि बढने विषयमा हामी निकै अगाडि पुगेका छौं ।” प्रचण्डले भने, “भ्रम र आशंका फिजाइए पनि अब एकताको प्रक्रिया निकै अगाडि बढेको छ । कतिपय प्राविधिक पक्षमा भोली र पर्सी छलफल हुन्छ र टुंगो लाग्छ ।”
प्रचण्ड र ओलीको घेटपछि पार्टी उकतामा देखिएको तुषारो हट्ने संकेत प्रष्टै देखिएको छ । विचार, नेतृत्व, कार्यदिशा र सरकार गठनसम्वन्धीका विषयमा एकता संयोजना समितिमा सहमति हुन सकेमा मंगलबार नै पार्टी एकताको मिति घोषणा हुन सक्ने देखिएको छ ।

प्रचण्ड

बाम गठबन्धनमा पार्टी एकतामा सोमबारबाट अघि बढ्यो !- प्रचण्ड

Posted by Anil Sharma अनिल शर्मा on Sunday, January 7, 2018

Loading...

Related News

कता हरायाे एकता चर्चा ? यस्तो छ एकता राेकिनुकाे कारण

अध्यक्षद्वय व्यस्त हुँदा पार्टी एकता अन्योलमा काठमाडौंँ,  १७ वैशाख – वाम दलका दुई अध्यक्षले छिट्टै पार्टी एकता गर्ने घोषणा गरे…

कहाँ अड्किएको छ एमाले माओवादी एकता ? यस्ता छन ६ वटा विकल्प

काठमाडौं, १७ पुस । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अघि नै पार्टी एकता गर्ने गरी चुनवाी गठबन्धनमा होमीएका ठूला…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी