चिसो र शीतलहरका कारण ४४ जनाको मृत्यु, संख्या बढ्दो क्रममा

624 Hits

काठमाडौं, २३ पुस ।

विगत केही दिनदेखि देशव्यापी वढिरहेको अत्याधिक चिसो र शितलहरका कारण ४४ जनाले ज्यान गुमाइसकेका छन् । चिसो बढ्ने क्रम संगै मानविय क्षती पनि बढ्ने सम्भावना देखिएको छ ।
गृह मन्त्रालयले भने चिसोका कारण एकजनाको पनि मृत्यु नभएको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेको छ ।
देशका बिभिन्न भागमा र खासगरी तराई क्षेत्रमा शीतलहरका कारण मर्नेको संख्या बढिरहेको छ । कतिपय जिल्लामा विद्यालय बन्द गरिएका छन् ।
जाडो बढेपछि हिमाली जिल्ला मनाङका विद्यालय दुई महिना बन्द भएका छन् । सोलुखुम्बुमा ३० देखि ४५ दिन विद्यालय बन्द छन् । धनुषा र कपिलबस्तुमा १२, बारामा ९, पर्सामा ८, सिरहा, सप्तरी र महोत्तरीमा ७ र सुनसरीमा ४ दिन विद्यालय बन्द गरिएका छन् । अन्य जिल्लामा समेत विद्यालय बन्द भएका छन् ।
जाडोले देशभर जनजीवन कष्टकर बनेको छ । बालबालिका, महिला, जेष्ठ नागरिक बढी समस्यामा छन् । हिमाली जिल्ला जुम्लाको तापक्रम माइनस ६ डिग्री पुगेको छ । सप्तरी, जाजरकोट, कैलाली र मकवानपुरमा जाडोले ३५ नागरिकको ज्यान लिएको छ । जनकपुरदेखि नेपालगञ्ज आसपास तराई मधेसमा दिनभर हुस्सु र राति शीतलहर पर्दा स्थानीय समस्यामा छन् ।

सप्तरीमा एकसातामा जाडोले १२ जना र कैलालीमा १० को ज्यान गएको छ । भाइरल र ज्वरोले जाजरकोटको मझकोटमा एकमहिने शिशुदेखि जेष्ठ नागरिकसहित ९ को मृत्यु गएको छ । मकवानपुरको मनहरीस्थित बाढीपीडित बस्तीमा बालबालिका र वृद्धासहित ६ को मृत्यु भएको छ । सिरहामा तीन, रौतहट र कपिलबस्तुमा दुई–दुई नागरिकले जाडोकै कारण ज्यान गुमाएका छन् ।

हुस्सु र शीतलहरपछि यातायात आवागमनमा कमीसँगै दुर्घटनाको सम्भावना बढेको छ । स्थानीय स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा श्वासप्रश्वास, रुघाखोकी, निमोनिया, ज्वरोका बिरामी बढेका छन् । बालबालिका, महिला तथा जेष्ठ नागरिक बढी प्रभावित छन् ।
गृहमन्त्रालयले शीतलहर प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन शीतलहर सम्भावित जोखिम न्युनिकरण गर्न आवश्यक स्रोत साधन पूर्ण प्रबन्ध र परिचालन गर्न जिल्लास्थित सरोकारवाला निकायलाई निर्देशन दिइएको भए पनि नागरिकले राज्यबाट अनुभूत हुने गरी सेवा पाएका छैनन् ।
काठमाडौंमा पनि लगातार तापक्रम शुन्यको आसपासमै छ ।

Loading...

Related News

मातृकाले बाँडे शीतलहर पीडितलाई कम्बल

काठमाडौं, २७ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का नेता एवं धनुषा क्षेत्र १ का प्रतिनिधि सभा सांसद मातृका प्रसाद…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी