युरोपमा शरणार्थी जीवन बाँच्दैछिन् नेपाली चेली बिना मगर

169 Hits

इटली, २३ पुस ।
नेपालको पुर्बी धरानकी एक चेली इटलीस्थित संयुुक्त राष्ट्र संघको शिविरमा शरणार्थी जीवन बिताइरहेकी छिन् । उनको नाम बिना मगर हो । उनी क्रिस्चियन धर्मावलम्बी हुन् । एक समय हलेसी गाउँमा धर्म प्रचार गरिरहेको समयमा केही हिन्दु अतिवादीहरुले आक्रमण गरे । त्यसपछि परिवारिक सल्लाहमा उनी छिमेकी मुलुक भारत आइन् ।
भारत बसाईकै समयमा एक एजेन्टसंग उनको सम्पर्क हुन पुग्यो । उनलाई पनि के खोज्छस् कानो आँखो भनेझैं भयो र एजेन्टलाई पोर्चुगल पुर्‍याउने शर्तमा १२ लाख नेपाली रुपैयाँ बुझाइन् । एजेन्टले भने बमोजिम सबै प्रक्रिया पूरा गरेर उनी भारतीय बिमानस्थलबाट रोमानिया पुगिन् । त्यसपछि एजेन्ट सम्पर्क बिहिन भयो ।
केही समय रोमानियामा भोकभोकै बसेको स्मरण पनि उनीसँग ताजै छ। स्थानीय प्रहरीले उनलाई गिरफ्तार गरि आप्रवासीको रुपमा इटली पठाइिदयो । हाल उनी संयुक्त राष्ट्र संघीय मिसनको शरणार्थी शिविरमा छिन् । शिविरमा एक छाक मात्र खाना दिन्छ, उनी सुनाउँछिन् । केही काम गर्न पाए पनि राहत हुने थियो तर शरणार्थीलाई शिविरमा बसेर काम गर्ने इजाजत यहाँ छैन, उनको थप भनाइ थियो ।

Loading...

Related News

मेलम्चीबारे अाशंका नगराैं, निर्धारित समयमै सकिन्छ – खानेपानी मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं, ३ पुस ।  खानेपानी मन्त्रालयले मेलम्ची अायाेजना समयमै सम्पन्न गर्ने स्पष्ट पारेकाे छ । केही दिन अघि मेलम्ची अायाेजनाकाे…

मेलम्चीको ढिलाइमा समस्या कहाँ हाे ? खानेपानी मन्त्रीकाे यस्तो छ संकल्प

काठमाडौं, २० मंसिर । मेलम्चीको पानी काठमाडौंमा ल्याउने र काकाकूल काठमाडौंलाई तिर्खा मेटाउने कुरा हुन थालेको करिब ३० वर्ष भयो…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी