गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा तिब्रता, यसरी बन्दैछ

161 Hits

रुपन्देही, २२ पुस ।
विभिन्न राजनैतिक आन्दोलन तथा ठेकेदार कम्पनीको लापरबाहीका कारण लामो समयदेखि अलपत्र परेको रुपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अब भने तीव्र रूपमा निर्माण हुने भएको छ । नेपाली ठेकेदारलाई जिम्मा दिँदा समयमा काम सम्पन्न हुन नसकेपछि ठेक्का सम्झौता रद्द गर्दै विमानस्थल निर्माणको जिम्मा पाएको चीनियाँ कम्पनीले आफ्नै कामदारको बलमा निर्माण प्रक्रिया सुरु गरेको हो ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७१ माघ १९ गते भएको शिलान्यासपछि निर्माण सुरु गरेको कम्पनीले निर्धारित २०७४ पुस मसान्तसम्मको समयसीमाभित्र ३५ प्रतिशत मात्र निर्माण पूरा भएपछि नेपाली कामदारलाई हटाउँदै चीनियाँ कामदार परिचालन गरेको हो । यसले कामको गुणस्तर बढ्नुका साथै तथा निर्माणको अवधि कम लाग्ने कम्पनीको अपेक्षा छ । आयोजना प्रमुख, इन्जिनियर ओम शर्माका अनुसार विभिन्न अवरोधका कारण सम्झौता गरेअनुरुपको समयमा काम सुरु नभएको हो ।

३५ प्रतिशत निर्माण सम्पन्न भएको ३ किलोमिटर लामो धावनमार्ग अहिले तीव्रताका साथ निर्माण भइरहेको छ । आयोजनाले धावनमार्गको २ फिट बाक्लो प्रि(सबबेसको निर्माण पूरा गरी सबबेस लेयर निर्माण अघि बढाइएको बताएको छ । यससँगै, कन्ट्रोल टावरका रूपमा प्रयोग हुने आठ तलाको उचाइ रहेको संरचना तथा अग्नि नियन्त्रण कक्षको पहिलो तलामा आवश्यक संरचना बनाउने कार्यले पनि गति लिएको छ । आगामी वैशाखसम्ममा विमानस्थल निर्माणको ५० प्रतिशत कार्य सम्पन्न हुने आयोजनाका इन्जिनियर विजय शाक्यको दावी छ।

Loading...

Related News

युवाहरु विदेशिने क्रम रोक्न सरकारकाे यस्ताे तयारी

काठमाडौं । सरकारले युवाहरुलाइ स्वेदेशमै राेजगारी पंदान गरी विदेश पलायन राेक्नकाे लागी विशेषा याेजना नीति कार्यक्रममार्फत सार्वजनीक गर्न लागेकाे छ…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी