अमेरिकी राष्ट्रपति ट्रम्प किन खनीए पूर्वरणनीतिकार स्टेभ ब्याननमाथि ?

110 Hits

काठमाडौं, २२ पुस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना पूर्वरणनीतिकार स्टेभ ब्याननविरुद्ध नराम्रोसँग खनीएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसबाट बर्खास्त भएपछि आफ्ना पूर्वरणनीतिकार स्टेभ ब्याननले मानसिक सन्तुलन गुमाएको आरोपसमेत लगाएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पका पुत्र डोनाल्ड ट्रम्प जुनियर र रसियाली अधिकारीबीच भएको भेटको ब्याननले चर्को आलोचना गरेको केही दिनपछि ट्रम्पको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएको हो ।

ब्याननको विवादास्पद अभिव्यक्ति
पत्रकार मिसेल वुल्फले लेखेको र हालै सार्वजनिक भएको नयाँ पुस्तकमा ब्याननले ट्रम्पपुत्र र रसियाली अधिकारीबीचको भेटलाई देशद्रोहीपूर्ण भनी टिप्पणी गरेका थिए । ‘फायर एन्ड फरी स् इनसाइड ह्वाइटहाउस’ नामक एक ‘विस्फोटक’ पुस्तकमा ब्याननले ट्रम्प जुनियरको रसियाली अधिकारीसँगको भेटलाई देशद्रोह र आपराधिक भएको बताएका थिए । पुस्तकका लेखकसँग बोल्दै ब्याननले रसिया र ट्रम्प अभियानबीच गम्भीर षड्यन्त्र भएको उल्लेख गरेका छन् ।

अमेरिकी निर्वाचनमा रसियाली हस्तक्षेप
सन् २०१६ मा रसियाली अधिकारीहरूसँग डोनाल्ड ट्रम्प जुनियरको गोप्य भेट भएको थियो । भेटका क्रममा राष्ट्र«पति निर्वाचन अभियानमा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध षड्यन्त्रकारी वार्ता भएको डेमोक्र्याटिकले आरोप लगाउँदै आएको छ । निर्वाचन अभियानमा रसियाको हस्तक्षेप भएको अमेरिकाको गुप्तचर निकायले पनि पुष्टि गरिसकेको छ । निर्वाचनअघि रसियाली अधिकारीसँग आफ्नो भेट भएको जुनियर ट्रम्पले समेत स्वीकार गरिसकेका छन् । तर, सो भेटमा राष्ट्रपति निर्वाचनबारे कुनै छलफल नभएको ट्रम्पपुत्रले जिकिर गर्दै आएका छन् ।

ट्रम्प भन्छन्– ब्याननसँग कुनै लेनदेन छैन
ह्वाइटहाउसका पूर्वरणनीतिकार स्टेभ ब्याननसँग आफ्नो कुनै लेनदेन नभएको ट्रम्पले बताएका छन् । ‘स्टेभ ब्याननको म र मेरो कार्यालयसँग कुनै लेनदेन छैन । बर्खास्त गरिएपछि उनले जागिर मात्र गुमाएनन्, मानसिक सन्तुलन नै गुम्यो,’ एक विज्ञप्ति जारी गर्दै ट्रम्पले भनेका छन् । ‘प्रारम्भिक निर्वाचनमा १७ जना उम्मेदवारहरूलाई पराजित गरेर राष्ट्रपतिमा मेरो नोमिनेसन भएपछि ब्यानन मेरो सहयोगी भएर काम गरेका थिए । राष्ट्रपति निर्वाचनमा हाम्रो ऐतिहासिक जितमा उनको कुनै योगदान छैन । उनी आफ्नै ढंगले अगाडि बढेका छन्,’ ट्रम्पले भने ।

को हुन् ब्यानन ?
राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले स्टेभ ब्याननलाई ह्वाइटहाउसको मुख्य रणनीतिज्ञ बनाएका थिए । निकै चलाख मानिने ब्यानन कुनै वेला ह्वाइटहाउसका मुख्य खेलाडी मानिन्थे । गत अगस्टमा ह्वाइटहाउसबाट बाहिरिनुअघि उनले ट्रम्पको ‘अमेरिका पहिलो’ भन्ने अभियानलाई आकार दिन महत्वपूर्ण भूमिका खेलेका थिए । ब्यानन त्यसलगत्तै दक्षिणपन्थी ब्रिटबार्ट न्युज वेबसाइटको प्रमुखको भूमिकामा फर्किए, जहाँ उनी ट्रम्पको प्रशासनलाई ‘विङम्यान आउटसाइड’को रूपमा सहयोग गर्ने योजनामा थिए । ट्रम्पसँग पछिल्लोपटक डिसेम्बर १३ मा ब्याननको भेट भएको थियो, जुन दिन अलाबामामा अमरिकी सिनेटको विशेष निर्वाचन भएको थियो । निर्वाचनमा ब्याननले समर्थन गरेका रिपब्लिकनका उम्मेदवार रोय मुरु पराजित भएका थिए । न्युयोर्क टाइम्सका अनुसार राष्ट्रपतिले आफ्ना पूर्वरणनीतिज्ञसँग १५ मिनेट छलफल गरेका थिए । -एजेन्सी/ नयाँ पत्रिकाबाट

Loading...

Related News

आप्रवासी प्रवेश रोक्न मेक्सीको सिमामा अमेरिकाले ५२ सय फौज पठाउँदै

एजेन्सी काठमाडौं, १३ कात्तिक । अमेरिकाले मेक्सीको हुँदै अमेरिका छिर्ने आप्रवासीलाई रोक्न ५२ सय फौज परिचालन गर्ने भएको छ ।…

राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले दिइन् राजीनामा, सबै चकित

काठमाडौं, २४ असोज संयूक्त राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले राजीनामा दिएकी छिन् । सन् २०१७ को जनवरीदेखि राष्ट्रसंघका लागि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी