झाडा बान्ता भएपछि ओली थाइल्याण्ड जाँदै, के होला बाम एकता ?

103 Hits

काठमाडौं, २२ पुस ।
नेकपा एमालेका अध्यक्ष के पी ओली आगामी साता थाइल्याण्ड जाने भएका छन् । बाम गठबन्धनको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारमा सर्वसम्मत भएका तथा माओवादीसँग पार्टी एकताका प्रमूख नेता रहेका ओली अस्वस्थताको कारण देखाउँदै थाइल्याण्ड प्रस्थान गर्न लागेका हुन् ।

उनलाई झाडा वान्ता भएकाले गर्दा उपचारको लागि थाइल्याण्ड जान लागेको उनको सचिवालयले जनाएको छ । सुरुदेखि ओलीको स्वास्थ्य जाँच गरिरहेका डा। दिलीप शर्माका अनुसार उनी नियमित स्वास्थ्य परीक्षण गर्न बैंकक जान लागेका हुन् ।

ओली अस्वस्थ भएपछि माओवादीसँगको पार्टी एकताको कुरा पनि सेलाएको छ । ओली सँग वान टु वान छलफल गर्नुपर्ने माओवादी अध्यक्ष प्रचण्ड चितनमा छन् । एकता संयोजन समितिको बैठक पनि बस्न सकेको छैन । ओली र प्रचण्डबीच पाटीृको नेतृत्व कसले गर्ने भन्ने विषय विचाराधिन नै छ । दुबै पक्षका नेताहरुले आ आफ्ना तर्क पेश गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्डले चितवनमा एकता जसरी पनि हुने र त्यसमा कसैले केही चिन्ता गर्नु नपर्ने बताएका छन् । प्रचण्डले त्यसो भनिरहँदा एमालेका अध्यक्ष ओलीबाट भने त्यस्तो कुनै आश्वस्त हुने विश्वासिलो आधार सार्वजनीक भएको पाइँदैन ।

पार्टी एकता र सरकार निर्माणको काममा पुरै व्यस्त हुनुपर्ने बेलामा हप्तौ.सम्म विदेशमा रहने र स्वदेशमा पनि छलफल गर्न तयार नहुनुले दुबै एजेण्डामा धमीलो पानीमा माछा मार्नेहरु सक्रिय भइरहेका छन् । ओलीको स्वास्थ्य र विदेश यात्राले बाम एकता कता पुग्ने हो त्यो भने हेर्न बाँकी छ ।

Loading...

Related News

संविधान संशोधन हुन्छ, तर आतंककारी गतिविधि स्वीकार छैन: प्रधानमन्त्री ओली

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने धारणा व्यक्त गरेका छन् ।…

११ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, अझै टुंगिएन मन्त्री

रामकृष्ण अधिकारी काठमाडौं, १४ फागुन – प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्।…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी