राष्ट्रियसभा निर्वाचन माघ २४ गते, नयाँ सरकार फागुनअघि नबन्ने

121 Hits

काठमाडौं, २१ पुस
अन्ततः लामो छलफल र बहसपछि राष्ट्रियसभा निर्वाचन माघ २४ गते गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगको परामर्शमा सरकारले चुनावको मिति तोकेको हो ।

सरकारलाई आयोगले माघ २५ को मिति प्रस्ताव गरेको थियो । सरकराले उक्त मिति र प्रस्तावबारे विभिन्न पक्षहरुसँग छलफल गरेको थियो । एमाले र माओवादीको वाम गठबन्धनले त्यसअघि नै चुनाव गर्नु पर्ने धारणा सार्वजनीक गर्दै आएका थिए ।

राष्ट्रिय सभामा ५९ सदस्य हुन्छन् । त्यसमध्ये ५६ जना प्रदेशहरुबाट र ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ । प्रत्येक प्रदेशबाट ८/८ जना सदस्य प्रदेशहरुबाट चुनिनेछन् ।

राष्ट्रियसभा सदस्यका लािग प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन । तर उनीहरुको मतभार भने फरक फरक हुनेछ । प्रदेश सभाका सदस्यको मतभार ४८ हुन्छ भने स्थानिय तहका मतदाताको मतभार १८ मात्रै हुन्छ ।

निर्वाचन आयोगले प्रत्येक प्रदेशमा मतदान गराउने तयारी गरेको छ । निर्वाचन एकल संक्रमणीय र बहुमतीय दुबै प्रक्रियाबाट हुनेछन् । खुला सदस्य र महिला गरी ४२ जना एकल संक्रमणीयबाट चुनिनेछन् भने दलित र अपाङ्ग तथा अल्पसंख्यक १४ जना बहुमतीयबाट चयन हुनेछन् ।
राष्ट्रिय सभाको निर्वाचन माघ २४ को लागि घोषणा भएपछि अब नयाँ सरकार फागुन भन्दा अघि नबन्न्ने भएको छ ।

Loading...

Related News

किन गरे सरकारी कर्मचारीले सिंहदरबारभित्रै अान्दाेलन ?

काठमाडौं, १३ कात्तिक – कस्ताे हुन्छ  हाेला जव अाफ्नै कर्मचारीले अान्दाेलन गर्छन् त्याे पनि अाफैंले घाेषणा गरेकाे निषेधित क्षेत्रमा ?…

प्रधानमन्त्रीकाे बक्तव्य : “म छिट्टै अस्पतालबाट फर्कन्छु”

काठमाडौं, १३ कात्तिक – प्रधानमन्त्री  केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै छिट्टै अस्पतालबाट फर्कने जानकारी दिएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी