प्रधानमन्त्री देउवा-राष्ट्रपति भण्डारी भेट, के भयो भेटमा ?

98 Hits

काठमाडौं, २१ पुस ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटबार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा समसामयीक विषयमा छलफल भएको बतायको छ । खासगरी राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषय, समानुपातिक निर्वाचनको परिणाम घोषणा तथा प्रदेश प्रमुख र मुकामबारे सहमति जुटाउन भएका पहलबारे प्रधानमन्त्रीले जानकारी गराएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोबिन्द परियारले जानकारी दिए । राष्ट्रिय सभाको निर्वाचनको मिति तय नहुँदा राजनीतिक गतिरोध लम्बिरहेका बेला राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल भएको हो ।
सरकारलाई निर्वाचन आयोगले आगामी माघ २५ गते राष्ट्रिय सभाको निर्वाचन गर्न उपयुत्तः हुने सुझाव दिएको छ भने सरकारले पनि त्यसै गर्ने गरी मिति तोक्ने तयारी गरेको छ ।
राष्ट्रिय सभा गठनसम्बन्धि कानून बनेपनि चुनावको मिति तय भईसकेको छैन । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि मिति तोक्न सरकारलाई पटक पटक आग्रह गरिरहेको छ भने अन्य दलहरुले पनि छिटो मिति तोक्न सरकारलाई दवाव दिइरहेका छन् ।
राष्ट्रपतिले पनि निर्वाचनको परिणाम घोषणा छिटो गरी राष्ट्रिय सभाको निर्वाचन र नयाँ सरकार गठनको लागि वातावरण बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराइसकेकी थिइन् ।
प्रधानमन्त्रीले हिजो मात्रै प्रमूख राजनीतिक दलहरुससँग सहमतिको प्रयास स्वरुप छलफल गरेका थिए ।

Loading...

Related News

देउवाले बोलाए ६ महिने समिक्षा बैठक, कति सफल कति असफल ?

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेर बहादुर देउवाले आज आफ्नो नेतृत्वको सरकारले ६ महिना पुरा गरेकोमा समिक्षा बैठक बोलाएका छन्…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी