रुपन्देहीमा गोली चल्यो, पौडेलको मृत्यु, पुनले लिए जिम्मा

109 Hits

रुपन्देही, २१ पुस ।
रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा फर्निचर व्यवसायी बसन्त पौडेल बलुको गोली हानी हत्या भएको छ। गोलीप्रहारबाट घाइते भएका पौडेलेको उपचारका क्रममा मृत्यु भएको हो ।
अज्ञात समूहको गोली प्रहारबाट घाइते पौडेलको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको थियो । तर उक्त हत्याको जिम्मा मनोज पुनले लिएका छन् । पुनले बुटवलका सञ्चारकर्मीलाई पालैपालो टेलिफोन गरी आफ्ना मान्छेहरुले पौडेललाई गोली हानेको बताएर हत्याको जिम्मा लिएका हुन् ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको र गोली हान्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । देवदह नगरपालिका २ ढेकारमा ११ बजे वसन्त पौडेलमाथि गोली प्रहार भएको हो। पौडेलको ढेकारमा काष्ठ कारखाना रहेको र मिलमा ढोका बनाउने बाहानामा प्रवेश गरेका अपरिचित समूहले गोली प्रहार गरेको देवदह प्रहरी चौकीका इन्चार्ज भरत थापा क्षेत्रीले जानकारी दिए।
नम्बर प्लेट नभएको बाइकमा मुख छोपेर आएकाले गोली हानेर भागेको प्रहरीले जनाएको छ। पुन यस अघि पनि पुस ४ गते देवदह खैरेनीमा तत्कालीन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या गरेको अभियोगमा फरार अभियुक्त हुन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी