विकास भएन भनेर पहिले राजालाई दोष दियौं, अब कसलाई दोष दिने ?(भिडियो)

1146 Hits

चितवन, २१ पुस ।
नेकपा माओवादीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मूलकुमा विकास र समृद्धिको यात्राबाट कोही भाग्न नसक्ने बताएका छन् ।

शुक्रबार चितवन उद्योग संघको नवौं अधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्डले भने पहिले विकास भएन भनेर राजालाई दोष दियौ. अब कसलाई दोष दिने त्यसैले अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुनेछ ।
प्रचण्डले राजनीतिक पार्टीहरुले इतिहासमा विभिन्न बाहना बनाउँदै र अरुलाई दोष दिँदै जनता ढाँटेको भन्दै अब त्यो छुट नभएको दावी गरे। ‘इतिहासमा राजालाई दोष दिएका थियौँ, व्यवस्थालाई दोष दिएका थियौँ, अब दलहरुलाईै अरुलाई दोष दिने छुट छैन’, उनले भने।
“हिजो विकास भएन भने अरुलाई दोष दिने ठाउँ थियो, कहिले राजालाई, कहिले अमूक पार्टी या नेतालाई’ प्रचण्डले भने, ‘तर अब त्यो छूट हामीलाई छैन । अब हामीले देशलाई समृद्धितर्फ लैजान सकेनौं भने त्यो निकै ठूलो असफलता हुने छ । त्यसमा कुनै अमुक दल या नेतालाई मात्रै दोष दिने ठाउँ हुने छैन । अब भन्न बाँकी कोही छैन, दोष देखाउन कोही बाँकी छैन ।’

राजनीतिक दलहरुबीचको आपसी सहमति र समझदारीका कारण नेपालमा संविधान निर्माण जस्तो चुनौतीपूर्ण काम सम्पन्न गर्न सकिएको भन्दै प्रचण्डले अबको दिनमा समेत आर्थिक क्रान्तिको स्पष्ट खाका अघि सारेर काम गर्नुपर्ने बताए ।
प्रचण्डले भने, “राजनीतिक परिवर्तन त गर्यौं, यहाँ आइपुग्यौं, अप्ठ्यारो परिस्थितिमा सहमति र समझदारीका साथ संविधान निर्माण गर्यौं, निकै ठूलो चुनौतीको सामना गर्दै सिँगो देशलाई निर्वाचनमा लैजान सफल भयौं । मैले पहाडका जनतालाई पट्यार लाग्ने गरी मधेशका जनतासँग संवादलाई निरन्तरता दिएँ । अथक प्रयासपछिस्थानीय, प्रदेश र ंसंघको निर्वाचन सम्पन्न भएको छ । अब अब विकास निर्माणलाई गति दिन सकेनौं भने यो पार्टी, त्यो पार्टी, त्यो नेता होइन, सबैको असफलता हुने छ । देश निकै अप्ठ्यारो स्थितिमा पुग्छ ।”

उनले जनताले परिवर्तनको अनुभूत गर्न नपाएको भन्दै जनतालाई परिवर्तनको अनुभूति दिन आर्थिक क्रान्तिको दिशामा देशलाई अगाडि बढाउनुपर्ने बताए। चितवन क्षेत्र नं ३ बाट भारी मतान्तरसहित विजयी सासद समेत रहेका प्रचण्डले चितवन हरेक हिसावले प्रदेशको राजधानीका लागि उपयुक्त रहेको भन्दै राजधानी सर्न सक्ने संकेत पनि गरे ।

‘चितवन प्रदेशको राजधानी पनि बन्न सक्छ’, उनले भने, ‘तर अहिले नै ठोकुवा गरेर भन्ने अवस्था छैन।’ उनले चितवन प्रदेशको राजधानी नबने पनि आर्थिक समृद्धिका हिसाबले देशकै उत्कृष्ट जिल्ला हुने दावी गरे।

अध्यक्ष प्रचण्डले आफू चितवनको जनप्रतिनिधि नहुँदा पनि यहाँको विकासमा लागि परेको दृष्टान्त पेश गरे । ‘म पहिला सिरहाबाट जनप्रतिनिधि हुँदा पनि यहाँको विकासका लागि लागि परेको थिए’, उनले भने, ‘अहिले त म यहाँका जनताको प्रतिनिधि भएर सिंहदरवार पुगेको छु, यहाँको विकासका लागि पर्नेछु।’
उनले नेपाली जनताले वाम गठबन्धनमाथि विश्वास गरेका कारण जनतालाई धोका हुन नहुने बताए।
चितवनको भरतपुर महानगरपालिकाको नगर परिषद उद्घाटन गर्न चितवन आएका प्रचण्ड भोली सम्म चितवनमै रहने कार्यतालिका छ ।

भरतपुरमा चितवन उद्याेग संघकाे नवौं अधिवेशनमा बाेल्दै पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माअाेवादी केन्द्र) का अध्यक्ष क. प्रचण्ड।

Posted by Manahari Timilsina on Thursday, January 4, 2018

Loading...

Related News

कुरामात्रै होइन काम गर्ने समय हो यो : प्रचण्ड

चितवन, ८ असोज । पुर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समय कुरामात्रै गर्ने नभई काम गर्ने बेला…

जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी