देउवाले बोलाए ६ महिने समिक्षा बैठक, कति सफल कति असफल ?

97 Hits

काठमाडौं, २१ पुस ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आज आफ्नो नेतृत्वको सरकारले ६ महिना पुरा गरेकोमा समिक्षा बैठक बोलाएका छन् ।

आफ्नो ६ महिने कार्यकालमा भए गरेका कामकारवाहीको समिक्षा गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइएको बैठकमा देउवाले सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका उच्च पदस्थ सरकारी अधिकारीहरुलाई बोलाएका हुन् ।

राष्ट्रिय योजना आयोगको आयोजनामा हुने यो कार्यक्रममा सरकारवाट भएको काम कारवाहीको अनुगमन तथा मुल्याङकनका विषयमा विशेष समिक्षा गरिने योजना आयोगले जनाएको छ ।
प्रधानमनत्री अध्यक्ष हुने योजना आयोगले बैठकको आयोजना गरेको हो । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले आफ्नै नेतृत्वमा स्थानिय तहको दुई चरणको र प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरिसकेका छन् । आफ्नो पार्टीले निर्वाचनमा पराजय भोगेपछि सत्ता छाड्नुपर्ने दवावका बीच देउवाले ६ महिना सत्ताको बागडोर सम्हालिसकेका छन् ।

Loading...

Related News

प्रधानमन्त्री देउवा-राष्ट्रपति भण्डारी भेट, के भयो भेटमा ?

काठमाडौं, २१ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेटबार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटमा समसामयीक…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी