यी हुन् उच्च अदालतका नयाँ न्यायधिशहरु, वकिलबाट कोही परेनन्

126 Hits

काठमाडौं, २० पुस ।
संघियता कार्यान्वयनको सबैभन्दा राम्रो प्रमाण हो उच्च अदालत । न्याय परिषद्ले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको छ । मुख्य न्यायधिशमा वकिलहरुबमध्येबाट कोही पनि परेका छैनन्

परिषद्को आज बसेको बैठकले उच्च अदालतका लागि चार मुख्य न्यायाधीशको सिफारिश गरेको हो । परिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशका लागि सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदी, उच्च अदालतका न्यायाधीश उदयप्रकाश चापागाईं, हरिप्रसाद पोखरेल र यज्ञ बस्याललाई नियुक्तिका लागि सिफारिश गरेको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश परिषद्को सिफारिशमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नियुक्ति गर्ने व्यवस्था रहेको छ ।
प्रधान न्यायाधिश पराजुलिले वकिल बाट नभई न्यायाधिशहरुबाटै उच्च अदालतमा लैजानुपर्ने धारणा राख्दै आएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का