पार्टी एकताबारे मिडियामा गलत प्रचार गरिए- प्रचण्ड

186 Hits

चितवन, २० पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–माआवादी पार्टी एकताबारे मिडियामा आएका समाचार गलत रहेका भन्दै एकता बारेमा कोहीकसैलाई बोल्न जरुरी नभएको बताएका छन् ।

भरतपुर महाननगरपालिकाको नगर परिषदमा सहभागि हन गृह जिल्ला चितवन पुगेका पुर्वप्रधानमन्त्री प्रचण्डले प्रेस चौतारी र प्रेस सन्टेर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पार्टी एकताका बारेमा शीर्ष तहमा गम्भिर बहस भइरहेको भन्दै अन्य नेताहरुलाई जथाभाबी नबोल्न सुझाएका हुन् ।
दुबै पार्टीका दास्रो तहका नेताहरुप्रति लक्षित गर्दै अध्यक्ष प्रचण्डले पद बाँडफाँड र पार्टीका अन्य आन्तरीक कुरा बोल्न जरुरी नभएको बताए । ‘लिडर सिप लेबलमा गम्भीर छलफल भएको छ , फिप्टीर फिप्टीका कुरा अथवा यो रहन्छ वा के हुन्छ बोल्न जरुरी छैन,’ प्रचण्डले भने, अध्यक्ष र प्रधानमन्त्रीमा होइन्, शासन र देशको समृद्धिमा र राष्ट्रिय एकतामा हाम्रो ध्यान गएको छ’ ।

एमाले र माओवादीबीच पद बाँडफाँडको विषयमा कुनै विवाद नभएको दाबी गर्दै प्रचण्डले पार्टी एकता संयोजन समितिले दुई पार्टीका अध्यक्षलाई दुई वटा नेता भनेर पहिले नै स्पष्ट पारेको बताए । दुई वटै नेतालाई समुचित भूमिका दिने कुरामा कुनै विमती र विवाद नभएको प्रचण्डको दाबी छ ।
प्रचण्डले माओवादी केन्द्को केन्द्रीय कार्यालयको बैठकमा माओवादीले अध्यक्ष नै पाउनुपर्ने कुरा राखेको भन्दै दोश्रो तहका नेताहरुले मिडियामा दावी प्रस्तुत गरिहेका थिए ।

Loading...

Related News

कुरामात्रै होइन काम गर्ने समय हो यो : प्रचण्ड

चितवन, ८ असोज । पुर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको समय कुरामात्रै गर्ने नभई काम गर्ने बेला…

जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

चितवन, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी