सर्वदलीय बैठक बालुवाटारमा, ओली अनुपस्थित, को-को छन् बैठकमा ?

124 Hits

काठमाडौं, २० पुस।
प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नुभएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ।
बैठकमा प्रदेश प्रमूख नियुक्तिमा राजनीतिक सहमति जुटाउनेबारे छलफल हुँदैछ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागि छन् । एमाले अध्यक्ष के पी ओली अस्वस्थ भएकाले उपस्थित भएका छैनन ।

बैठकमा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, एमाले नेताहरु सुवास नेम्वाङ, भीम रावल, विष्णु पौडेल, अग्नि खरेल सहभागि रहेका छन् भने कांग्रेस नेताहरु रामचन्द्र पौडेल, विजयकुमार गच्छदार, सशाङ्क कोइराला, कृष्ण सिटौलासहभागि रहेका छन् । त्यसैगरी संघीय फोरमका राजेन्द्र श्रेष्ठ, राजपाका महेन्द्र राय, राजेन्द्र महतो लगायतका नेताहरु पनि बैठकमा सभागि रहेका छन् ।

बैठकका मुख्य तीन एजेन्डा
सर्वदलीय बैठकमा मुख्य गरेर प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने विषयमा छलफल गरी दलीय सहमति खोजीने बताइएको छ । राष्ट्रिय सभा निर्वाचन प्रदेश–प्रदेशमा गर्ने र प्रदेशको अस्थायी राजधानीमा निर्वाचन आयोगले कार्यालय राख्नुपर्ने भएकाले अस्थायी मुकाम तोक्नुपर्ने बाध्यता सरकारलाई परेको सरकारी पक्षको भनाई छ भने बाम गठबन्धनले नयाँ सरकारले गर्ने काम भएको दावी गरेको छ । अस्थायी मुकाम तोकेपछि त्यहाँबाट काम सञ्चालन गर्न र निर्वाचित प्रतिनिधिलाई शपथ खुवाउन प्रदेश प्रमुखको आवश्यकता पर्ने भएकाले दलीय सहमति जुटाउन बैठक आह्वान भएको हो ।’

बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनको मितिका विषयमा पनि नेताहरूसँग सुझाब माग्नेछन् । निर्वाचन आयोगले २५ माघभन्दा अघि निर्वाचन गर्न सम्भव नरहेको मंगलबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ ।

अस्थायी राजधानी पनि एजेन्डा

प्रशासनिक निकायले प्रदेशको अस्थायी राजधानीका विषयमा भौतिक संरचना र स्थानका विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को ठिमी, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को दिपायलमा अस्थायी राजधानी तोक्न भवन र स्थान उपयुक्त रहेको उल्लेख गरिएको छ । केन्द्रको नाम प्रधानमन्त्रीले सर्वदलीय बैठकमा छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेका हुन् । अधिकारसम्पन्न प्रशासन पुनर्संरचना समितिले प्रदेशको अस्थायी राजधानीका लागि सम्भावित सहरहरू प्रस्ताव गरी मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालय र सहरी विकास मन्त्रालयले स्थलगत अध्ययन गरी अस्थायी राजधानीको प्रस्ताव तयार पारेका हुन् ।

मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्ने
सरकारले सर्वदलीय बैठकमा अस्थायी मुकामको विषयमा सहमति जुटाउने र त्यसपछि मन्त्रिपरिषद् बैठक बसेर अनुमोदन गर्ने तयारी गरेको छ । प्रदेशको राजधानीका लागि विभिन्न स्थानमा आन्दोलन सुरु भइसकेको छ । सर्वदलीय बैठकमा सहमति जुटाएर अघि बढ्दा आन्दोलन मत्थर हुने सरकारको निष्कर्ष छ । प्रधानमन्त्रीले प्रदेश प्रमुखका नाम पनि सर्वदलीय बैठकमा छलफलका लागि पेस गर्ने तयारी गरेका छन् ।

सहमति खोज्न प्रधानमन्त्री देउवाले बोलाए सर्वदलिय बैठक, होला त सहमति ?

तस्विर सौजन्य- मनहरी तिमल्सिना

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी