त्रिवेणी कपमा बेशीसहर युथ सोसाइटिको जित

145 Hits

शान्ता कमली
लमजुङ्ग, १९ पुस
लमजुङ सदरमुकाम बेसीशहरमा सम्पन्न २६ औं त्रिवेणी कप राष्ट्रव्यापी खुला फुटबल प्रतियोगिताको उपाधि बेसीशहर शेराको बेसीशहर युथ सोसाइटीले हात पारेको छ ।

बिहीबार बेसीशहरको सहजी रंगशालामा भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ट्राइबेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै बेसीशहर युथ सोसाइटीले उपाधी चुमेको हो ।

खेलको निर्धारित समय र थप समयमा पनि दुवै तर्फबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । उपाधिपछि बेसीशहर युथ सोसाइटीले त्रिवेणी कपसँगै नगद तीन लाख रुपैयाँ, स्वर्णपदक र प्रमाणपत्र पाएको छ ।

यस्तै, उपविजेता त्रिवेणी युवा क्लबले नगद १ लाख ५० हजार रुपैयाँ, रजतपदक र प्रमाणपत्र जितेको छ ।

विजेता टिमलाई जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य र आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छवीन्द्र गुरुङले संयुक्त रूपमा पुरस्कार वितरण गरे ।

प्रतियोगितामा सर्वोकृष्ट खेलाडी त्रिवेणीका गोलरक्षक आकाश रानाभाट बने । विजेता बेसीशहर युथ सोसाइटीका गोलरक्षक विमल थापाले उत्कृष्ट गोलरक्षक तथा अन्नपूर्ण युवाक्लब नाल्माले अनुसासित टिमको उपाधि पायो ।

खेल अवधिभर सर्वाधिक गोल गरी सुन्दरबजार रातोका इन्द्र दुरा, सामाना युवा क्लब तनहुँ, रड्स फुटबल क्लब चितवनका सावी गुरुङले नगद पुरस्कार र मेडल जिते ।

सर्वोकृष्ट खेलाडीलाई १५ हजार, अनुशासित टिमलाई १० हजार र सर्वाधिक गोलकर्तालाई ५(५ हजार नगद पुरस्कार दिइएको थियो ।

सेमिफाइनल विजेता सुन्दरबजार युवाक्लब र घरपोखरा युवाक्लबले नगद ५०(५० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमले सहभागिता जनाएका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी