ब्लडमनि जुटेपछि बच्यो भुषालको ज्यान, सहयोगीलाई धन्यवाद दिन सेयर गरौं ।

136 Hits

साउदी ।
ब्लडमनि जुटेपछि नवलपरासीका थानेश्वर भुषालको ज्यान बच्ने भएको छ । उनीले ब्लड मनि तिर्न नसक्दा जेल बसिरहेका थिए । प्रवासि नेपालीहरुको ठूलो सहयोगमार्फत विभिन्न क्षेत्रहरुबाट रकम ब्लड मनी जुटेपछि भुषाल जेलमुक्त हुन सकेका हुन् ।

ब्लडमनि तिर्न नसक्दा बिगत चार बर्ष देखि साउदी अरबको जेलमा रहेका नवलपरासीका थानेश्वर भुसाल जेल मुक्त हुने भएका छन् । उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा भएको छ । रोजगारीका लागि चार बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए ।

कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो । दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो । भने उनी आफै गम्भीर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे ।

थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका छन् । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो। २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए ।

यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो । विदेशमा अलपत्र नेपालीको उद्धारमा क्रियाशील संस्था प्रवासी नेपाली समन्वय समिति ९पीएनसीसी०को संयोजनमा ‘थानेश्वर भुसाल बचाउ अभियान’ सुरु भएको थियो ।

थानेश्वरलाई जेलबाट छुटाउन लाग्ने ४५ लाख ८५ हजार रुपैयाँ बराबरको रकम प्रतिबद्धता भएको छ । ब्लडी मनी तिरेर बाँकी रहने ८५ हजार रुपैयाँ अर्को यस्तै अभियानका लागि खर्च गर्ने समितिका एक सदस्यले जानकारी दिए । भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका छन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलनको प्रतिबद्धता भएको तर सबै रकम भने कोषमा जम्मा नभैसकेको समितिले जनाएको छ ।

यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले पनि १२ लाख नेपाली रुपैयाँ सहयोग घोषणा गरेको भएपनि हाल सम्म उक्त सहयोग रकम अभियानको कोषमा जम्मा भएको भने छैन । समितिले थानेश्वर बचाउ अभियान सबै देश तथा सस्थाबाट प्रतिबद्धता गरे अनुसारको रकम कोषमा जम्मा गरेसँगै अभियान पुरा हुने जनाएको छ । भुसाल बचाउ अभियानमा देश तथा बिदेश बाट सहयोग गर्न सबैलाई समितिले धन्यवाद समेत व्यक्त गरेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी