त्रिबेणी कपको उपाधि बेसीशहर यूथ सोसाईटिलाई

134 Hits

पौष १९ , लमजुङ
लमजुङ सदरमुकाम बेसीशहरमा संचालन गरीएको राष्ट्रब्यापि खुला फुटबल प्रतीयोगीता एवं २६ औँ त्रिबेणी कप २०७४ को उपाधि बेसीशहर यूथा सोसाईटिले जीत हाँसिल गरेको छ । आयोजक त्रिबेणी यूवा क्लब बेसीशहर र बेसीशहर यूथ सोसाईटि शेरा विच भएको फाइनल खेल निर्धारीत समयमा गोल रहित बरबरी भएपछि ट्राईबेकरमा २ का बिरुद्ध ३ गोल गरी आयोजक त्रिबेणी यूवा क्लबलाई हराउँदै बेसीशहर यूथ सोसाईटि शेराले खेल जितेको छ ।
आयोजक त्रिबेणी यूवा क्लबले भने उपबिजेतामा चित्त बुझाएको छ । उपाधि सँगै बेसीशहर यूथ सोसाईटिले नगद रु ३ लाख,त्रिबेणी कप,मेडल र प्रमाण पत्र हात पारेको छ । उपबिजेता आयोजक त्रिबेणी यूवा क्लब बेसीशहरले नगद रु १ लाख ५० हजार,मेडल र प्रमाण पत्र हात पारेको छ । प्रतियोगीतामा अन्नपुर्ण यूवा क्लब नाल्माले अनुशाशित समुहको उपाधि सहित नगद रु १० हजार र प्रमाण पत्र हात पारेको छ ।
त्यसैगरी सुन्दरबजार यूवा क्लब रातोका खेलाडी ईन्द्र पुरा,सामाना यूवा क्लब तुरतुरे तनहुँका सन्त बहादुर गुरुङ र रड्स फुटबल क्लब रामपुर चितवनका सावि गुरुङले सर्वाधिक गोलकर्ताको उपाधि पाएका छन् । उनीहरु तिनै जनाले खेल अबधिभर तिन÷तिन गोल गरेका थिए । सर्वाधिक गोलकर्ता तिनजनालाई नगद रु पाँच÷पाँच हजार रुपैयाँ र प्रमाण पत्र प्रदान गरीएको छ । त्यसैगरी बेसीशहर यूथ सोसाईटिका गोल रक्षक बिमल थापाले सर्वोत्कृष्ट गोल रक्षकको उपाधि जितेका छन् भने आयोजक त्रिबेणी युवा क्लबका गोल रक्षक आकाश रानाभाटले सर्वोत्कृष्ट खेलाडीको उपाधि सँगै नगद रु १५ हजार र प्रमाण पत्र हात पारेका छन् ।
त्यसैगरी सेमीफाइनल खेलका उपबिजेता सुन्दरबजार यूवा क्लब रातो र घनपोखरा यूवा क्लब घनपोखरालाई पनि नगद रु ५०÷५० हजार रुपैयाँ प्रदान गरीएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी