पुर्वको प्रमूख धार्मिक बजार हलेसिमा भिषण अगालागी, ७ घर जले

61 Hits

खोटाङ, १८ पुस ।
पुर्वको प्रम्रख धार्मिक बजारको रुपमा चिनिने खोटाङको हलेसी बजारमा भीषण आगलागी हुँदा कम्तिमा ७ घर जलेका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार राति साढे सात बजेपछि सल्केको आगोले उक्त क्षती गराएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। आगलागिबाट चार घरमा पूर्ण र तीनमा आंशिक क्षति भएको छ ।

आगलागिले राईसहित किराना पसल तथा होटल सञ्चालन हुँदै आएको उचितबहादुर राई, तम्बराज राई, अम्बराज राईको घर पूर्णरुपमा क्षति पुग्याएको छ। यस्तै, प्रकाशचन्द्र गिरी, रेगिन्द्र राई, गोपिन राई लगायतको घर, पशल तथा होटलमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी करिब तीन घण्टा पछिमात्रै नियन्त्रणमा आएको छ । आगलागीको कारण खुलेको छैन। घटनामा कुनै मानवीय क्षति नभएको र क्षतीको बिस्तृत बिवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।

प्रहरी र स्थानीयबासीलाई सघाउन दिक्तेलबाट नेपाली सेना र शसस्त्र प्रहरी समेत हलेसी पुगेको थियो । जयरामतर्फबाट हलेसी आउनेक्रममा मन्दीर प्रबेश गर्ने द्धार नजिकैको क्षेत्रबाट आगो सुरु भएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी