लम्बीयो नयाँ सरकार गठनको म्याद, राष्ट्रिय सभाको निर्वाचन माघ २५ मा

65 Hits

काठमाडौं, १९ पुस ।
मंसीरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएलगत्तै बाम गठबन्धनको बहुमतको सरकार बन्न हल्ला अझै केही महिना पर सर्ने भएको छ । सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ २५ गते तोक्ने तयारी गरेपछि नयाँ सरकार अझै केही महिना ढिलो गरी निर्माण हुने पक्का भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवबीच मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले राष्ट्रियसभाको निर्वाचन माघ २५ गते गर्ने गरी मिति घोषणा गर्न उपयुक्त हुने सुझाव दिएका प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिए ।
सो अवसरमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगकै परामर्शबमोजिम माघ २५ गते निर्वाचन हुने गरी मिति तोकिने जानकारी गराएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
यस सँगै देउवा नेतृत्वको सरकार फागुन सम्म कायम हुने निश्चित भएको छ ।

Loading...

Related News

कहिलेसम्म बन्छ नयाँ सरकार ? यस्तो छ व्यवस्था…

काठमाडौं, २२ माघ । निर्वाचन सम्पन्न भएको करिब ३ महिना हुँदा पनि नयाँ सरकार नबनेपछि जनतामा निराशा देखिन थालिेको छ…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी