कपाल फुलेर हैरान हुनुहुन्छ ? यसो गर्नुस, सेयर गरेर जानकारी दिनुस ।

162 Hits

काठमाडौं, १७ पुस ।
तपाईको उमेर कति भयो । कपाल मात्रै हेरेर भन्ने हो भने फुलेको भए त तपार्ईलाई बुढो नै भन्छन् होला । घरमा त बुढो भनेर के नै फकर पर्छ र बाहिर पनि आफू समानका साथीले बुढो वा वुढि भनेर जिस्क्याएपछि भने तनाव नै हुन्छ । मेहन्दी हाल्यो छिटै कलरफूल भैहाल्छ । कलिलो उमेरमै कपाल फुल्ने समस्याबाट धेरै मानिस हैरान भएका हुन्छन् । फुलेको कपालले गर्दा सौन्दर्यमा ह्रास आउने तथा व्यक्तित्वमा असर असर पर्ने गर्छ ।

आजभोलि बजारमा आएका विभिन्न अप्राकृतिक कलरले हाम्रो कपाललाई झनै बढि हानि पुर्याउने गर्छ । त्यसै कारण प्याकेटका रङ भन्दा प्राकृतिक वस्तुहरुको प्रयोग गर्यो भने राम्रो हुन्छ ।
हाम्रो कपालमा मेलेनिन नामक पिगमेन्ट हुन्छ जसले कपाल कालो वा सेतो हुने भनेर निर्धारण गरेको हुन्छ । कम उमेरमै मेलेनिन बन्न रोकिएपछि जवानीमै मानिसको कपाल सेतो हुन थाल्छ । तर यदि यी प्राकृतिक उपाय अपनाउने हो भने कपाल फुल्नबाट बँच्न सकिन्छ ।
राति ढिलो समयसम्म नसुत्ने , खानपानमा ध्यान नदिने र धेरै तनाव लिने समस्याका कारण आजभोलि जवानीमै मानिसहरुको कपाल फुल्ने गरेको पाइन्छ ।

यदि तपाईलाई यो समस्या छ भने यसबाट छुटकारा पाउन यसो गर्नुस् ।

१. अमला पिसेर लगाउने
अमला पिसेर रातभर भिजाइ राख्ने अनि बिहान उठेर लगाउने गर्दा कपाल फुल्न बन्द हुन्छ। यसलाई निरन्तर प्रयोग गरिरहेमा कपाललाई सेतो हुन बाट जोगाउन सकिन्छ ।

२. कालो तिल
कालो तिललाई केही समय पानीमा भिजाइदिने अनि लगाउने हो भने यसले बढ्दो उमेरमा तपाईको कपाल सेतो हुनबाट बचाउँछ ।

३. काँचो मेवा
काँचो मेवा पिसेर लगाउने गरेमा कपाल कालो भइरहन्छ ।

४. नरिवलको तेल
नरिवलको तेलमा अमला मिसाएर लगाउने गरेमा पनि कपाल चमकदार र स्वस्थ हुन्छ । यसको नियमित प्रयोगले कपाल कालो हुन्छ ।
-एजेन्सी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी