यौन उत्तेजना जगाउने भन्दै औषधी बेच्ने पक्राउ, के के हुन त्यस्ता औषधी ?

153 Hits

काठमाडौं, १७ पुस ।
आजकलका युवाहरु यौनका मामलामा अत्यन्तै उदार देखिएपछि विभिन्न ठगहरुले यौन बर्धक औषधी भन्दै अबैध औषधीको व्यापारमा सक्रिय भएको पाइएको छ ।


अवैध रुपमा यौन शक्तिबद्र्धक औषधि बिक्रीका नाममा ठगी गरेको आरोपमा १५ वटा विभिन्न हर्बल होम तथा टेलिसेन्टरका सञ्चालकहरुलाई पक्राउ गरी अनुसन्धानका लागि ७ दिन थुन्न आदेश दिइएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ‘अप्रेसन इलुजन’ सञ्चालन गरी काठमाडौंका विभिन्न सपिङ मलमा सञ्चालित हर्बल तथा टेलिसेन्टरमा केही दिनअघि छापा मारेर १२ सेन्टरका १५ जना पक्राउ गरेको थियो । यौन शक्ति बढाउने, लिंग ठूलो पार्ने, महिलाहरुको स्तन बढाउन सक्ने भन्दै उनीहरुले विज्ञापन नै गरेर विभिन्न औषधि बिक्री गर्दैै आएका थिए।

काठमाडौं जिल्ला अदालतले उपभोक्ता हित संरक्षण मञ्चले पुष ३ गते दर्ता गरेको उजुरीको सुनुवाई गर्दै थप ७ दिन थुनामा राख्न आदेश दिएको हो । न्यायधीश उमनाथ गौतमको इजलाशले उक्त आदेश जारी गरेको मञ्चका महासचिव विष्णु तिमिल्सेनाले जानकारी दिए।

उनीहरुले भ्रममा पारी धेरैलाई ठगी गरेको उजुरी आएपछि पक्राउ गरिएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए।

प्रहरीले स्वयम्भूस्थित ग्रिन हर्बल एन्ड फिटनेस सपका सञ्चालक मेजर सिंह, अनामनगरस्थित फस्ट डिल अनलाइन सपिङकी म्यानेजर लक्ष्मी कटेल, सुन्धारास्थित कान्तिपुर टेलिसपका सञ्चालक रत्न घिमिरे, बसपार्कस्थित गोर्खा हर्बल विजका कामदार सुदिल ढकाल, टेलि मार्केट नेपाल मीनभवनका सञ्चालक बसन्ता सम्बाहाम्फे र सुकेधारास्थित एसियन हबर्ल होमका सञ्चालक सुप्रभा केसीलाई पहरीले पक्राउ गरेको हो।

त्यस्तै, हर्बल सप कोटेश्वरका सञ्चालक सूर्यबहादुर रायमाझी, सोह्रखुट्टेस्थित टेलि वान हर्बलका सञ्चालक बाबुराम ढकाल, पुतलीसडकस्थित ग्लोबल टिभी प्रोडक्टका सञ्चालक कुमार भारती, कमलादीस्थित ग्लोबल टेलि सपका सञ्चालक यादव राजी भारीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

तीनकुेस्थित टेलिसेन्टरका सञ्चालक विपिन बोलखे, सुकेधारास्थित नेचुरल टेप सपका सञ्चालक रविन खड्का, गोंगबुस्थित बिजी हर्बल सपका सञ्चालक यमनाथ पौडेल र इन्द्रचोकस्थित निकिता इम्पेक्सका सञ्चालक विकास गोयललाई पनि पक्राउ परेका छन्।
यी हुन् यौनबद्र्धक औषधी
पक्राउ परेकाहरुबाट रिस्टोर फेमिनी वास आयल, भाजिनेक्स फिमेल क्रिम, डेभलपी सेक्स, पपना ब्रेस्ट इन्लार्जिङ, क्रिम, ब्रेस्ट फर्मिङ क्रिम टच मी, सुपर ड्रागन लगायत नाम गरेका औषधि बरामद गरिएको सिआइबीले जनाएको छ ।

Loading...

Related News

Why sexual harassment is a reality in Bollywood ?

Media captionBollywood actresses Radhika Apte and Usha Jadhav are speaking out about sexual harassment Every year thousands of young men…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी