नेप्से बढ्यो, लगानीकर्ता आकर्षित

126 Hits

काठमाडौं, १७ पुस ।
निकै न्युन विन्दुमा पुगेको नेप्से आज एक्कासी बढेपछि शेयर बजारमा उत्साह छाएको छ । नेप्सेको आरएसआई सुचक पनि एकै दिन ६ स्केलबाट बढेर २७ विन्दुमा पुगेको छ । नेप्से अझै सन्तुलन क्षेत्र ‘जोन’ मा आउन बाँकी रहेको यसले संकेत गर्छ ।
सोमवार कारोबार रकमका आधारमा प्रमुख १० कम्पनीमा ६ वटा वाणिज्य बैंक समूहबाट रहेका छन् । कारोबार रकममा धेरै परिवर्तन नदेखिएपनि उच्च रहेको छ । यसदिन ४९ करोड ४३ लाख बराबरको सेयर कारोबार समेत भएको छ ।

आइतवार फोरमले बैंकरहरुसँग गरेको भेटघाट, बैंकहरुबाट ब्याजदर १२ प्रतिशतभन्दा धेरै नबनाउने सहमतीले पनि बजारलाई आधारभुत पक्षबाट भरथेग गरेको छ । सोमवार ११ वाणिज्य बैंकले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । यसमध्ये ४ वटाले यसअघि प्रस्ताव गरेको अधिकत्तम व्याजदरलाई संशोधन गरेर केही घटाएका छन् । यद्यपी औसतमा भने व्याजदर लगभग १०।५० प्रतिशत हाराहारीमा रहेको छ ।

बजार निकै तल आएकोले पनि सकारात्मक यी समाचारहरु आउदा लगानीकर्ताहरु आकर्षित भएका हुन् । बजारमा लगानीकर्ताको मनोविज्ञान सकारात्मक बनेको देखिएको छ ।

धेरै बजार पूँजीकरण भएका वाणिज्य बैंकहरुको सेयर मूल्य बोनस लगायतको समायोजन पछि १ हजार मुनि र अन्यको ४ सयदेखि माथि रहेकोले पनि यही समूहमा उच्च वृद्धि भएको हो । होटल समूहको परिसूचक सबैभन्दा धेरै ५ प्रतिशत, लघुवित्त, बीमा र बैंकिङ समूहको परिसूचक क्रमशः ४ प्रतिशत, ३।७५, ३।५८ प्रतिशतको दरमा बढेको छ ।

Loading...

Related News

नयाँ सरकार गठनको तयारी सुरुभएसँगै बढ्यो नेप्से

काठमाडौं, ३ फागुन । नयाँ सरकार गठनको तयारी सुरुभएसँगै नेप्से परिसूचक बढेर १४ सय २४ विन्दुमा  पुगेको छ । ‘कुल गाहस्र्थको करिब…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी