माओवादी एमाले युवा-विद्यार्थीले निर्वाचन आयोगलाई दिए यस्तो चेतावनी

149 Hits

काठमाडौं, १७ पुस ।
निर्वाचन सम्पन्न गराएर प्रशंसाको पात्र बनेको निर्वाचन आयोगलाई समानुपातिकको नतिजा ढिलो गरेको भन्दै नेकपा एमाले र माओवादी केन्द्रका विद्यार्थी र युवा संगठनले तत्काल नतिजा घोष्णा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

आज निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाउँदै एमालेको भातृ संगठन युवासंघ र माओवादीको योंङ कम्युनिष्ट लिग (वाइसीएल) तथा दुवै पार्टीका विद्यार्थी संगठनले यस्तो चेतावनी दिएका हुन् । उनीहरुले निर्वाचन आयोगको कार्यालय बहादुर भवनमा प्रमूख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै तत्काल प्रतिनिसभातर्फ समानुपातिको नतिजा सार्वजनिक नगरे निर्वाचन आयोगविरुद्ध कडा आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् । आयोगले महिलाको प्रतिनिधित्वको विषयलाई लिएर दलीय झमेला झिक्ने विषय गलत मनसायले आएको भन्दै उनीहरुले तत्काल समानुपातिक तर्फको नतिजा सार्वजनिक गर्न माग गरेका हुन् ।
ज्ञापन पत्र बुझाउँदै वासिएल अध्यक्ष रामप्रसाद सापकोटा दिपशीखाले संविधानलाई पूर्ण कार्यान्वयनमा ल्याई वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न आग्रह गरे ।

एमाले निकट युवा संघका अध्यक्ष राजीव पहारी र अखिल अध्यक्ष नवीना लामा तथा माओवादी सम्बद्ध वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा र अनेरास्वीयु अध्यक्ष रञ्जीत तामाङद्धारा हस्ताक्षरीत आयोगलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, आयोगको ढिलासुस्ती र सरकारको आयु लम्ब्याउँदै मुलुकलाई अस्थिरता र गतिहिनतातर्फ लैजाने प्रपन्च हामीलाई माान्य नहुने र यस्तै गरे कडा आन्दोलनमा जान बाध्य हुने जानकारी गराउँछौं ।’
ज्ञापन पत्र बुझ्दै प्रमुख आयुक्त आयोधीप्रसाद यादवले नियमसंगत ढंगलेनै आफुले ढिलो गरिरहेको दावी गरे । ुनिश्चय नै सिङ्गो संसदमा त ३३५ महिला सुनिश्चित हुन्छ नै, उनले भने, ुतर प्रत्येक राजनीतिक दलको पनि ३३५ ग्यारेन्टी हुनुपर्छ । मानौ, कुनै दलका महिलाले राष्ट्रिय सभामा हारे भने त्यो दलले प्रतिनिधिसभावाट त्यसको क्षतिपूर्ति गर्नुपर्छ। त्यसैले पहिला राष्ट्रिय सभाको निर्वाचन पहिला हुनु जरुरी छ ।
विज्ञप्तिमा निर्वाचन आयोगले भारतको मनसाय अनुरुप काम गरेको आरोप लगाउँदै परिणम सार्वजनीक गर्न गरिएको ढिलाईले जनताको स्थीर राजनीतिक प्रणालीसहितको विकास र समृद्धिको चाहनामा तुषरापात हुने संकेत देखिएको उल्लेख गरिएको छ ।

तस्विर सौजन्य – सुरेन्द्र बस्नेत

Loading...

Related News

अब भारत हुँदै तेस्रो मुलुक जान खाेज्नेहरू हाेसियार ! यस्ताे अायाे खबर

काठमाडौं, १८ कात्तिक – तपाईं भारत हुँदै कुनै तेस्रो मुलुकमा जान खाज्दै हुनुहुन्छ भने हाेसियार ! अब भारत हुँदै तेस्रो…

सबै शिक्षण अस्पताल राष्ट्रियकरण गर्न युवा र विद्यार्थीहरुको माग

काठमाडौं, ६ साउन । सत्तारुढ नेकपाका युवा तथा विद्यार्थी संगठनहरुले स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानको विषयमा संयुक्त…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी